लोक सेवा आयोगको ९ हजार विज्ञापनमा समावेशी कहाँ गयो ?- सांसद विश्वकर्मा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा आयोगको ९ हजार विज्ञापनमा समावेशी कहाँ गयो ?- सांसद विश्वकर्मा


२९ बैशाख २०७७, सोमबार


काठमाडौं । सांसद मानबहादुर विश्वकर्माले लोक सेवा आयोगको विज्ञापनमा समावेशी नभएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले समाजिक न्याय र समावेशीता हात्तीको देखाउने दाँत मात्रै भएको बताएका छ ।

उनले सामजिक न्याय र समाशी कुरा समाजमा पछाडी परेका समुदायलाई माथि उकास्ने बताउँदै सरकारले त्यस्तो गर्न नसकेको आरोप लगाएका छन् । ‘सामाजिक न्याय र समावेशीको कुरा समाजमा विभिन्न प्रकारबाट पछाडि परेका समुदाय छन् । तिनलाई माथि कसरी तान्ने हो ? सबै ठाउँमा कसरी अवसर दिने हो ? संविधानले प्रष्ट भनेको छ । तर लोकसेवा आयोगको ९ हजार बढी विज्ञापनमा त्यो समावेशी कहाँ गयो ?’ सांसद विश्वकर्माले भन ।

उनले समवेशीको कुरालाई सरकारले व्यवहारमा लागु गर्न नसकेको आरोप लगाए । उनले समावेशीको कुरालाईए व्यवहार र सिद्धान्तमा अगाडी ल्याउनु पर्ने बताए । उनले भने,‘ सरकारले त्यसलाई कहाँ गएर राखेको छ । समावेशी भन्ने शब्द संविधानमा राखिएको छ । यो हात्तीको देखाउने दाँत हो । वास्तवमा के छ भनेर सिद्धान्त र व्यवहारमा यो अगाडी आउनु पर्छ ।’

उनले आवास भनेर निकै प्रसंसा गरिएको पनि बताए । उनले भने,‘तर ती आवास एक आना अथवा २ आना जग्गामा बनाइएको छ । एउटा खुट्टा घरभित्र छ भने अर्को खुट्टा अर्को जग्गमा परिराखेको हुन्छ । त्यसैले त्यो समाजलाई माथि निकाल्ने मानसिकताबाट यो कार्यक्रम आउनु परयो । जनतालाई अगाडि लिएर आउनु पर्छ ।’

यस्तै सिद्धान्तमा सामाजिक भेदभावको कुरा पनि निकालिएको बताउँदै सरकारले यो कुरालाई व्यवहारमा लागू नगर्दा दलितहरुले यो छुवाछुतको पीडा भोग्नु परेको बताए । उनउनले भने, ‘सामाजिक भेदभावको कुरा निकाल्दा यो समाजमा छुत पनि छन् अछुत पनि छन् । ती दुईटैलाई समानरुपबाट अगाडि लिएर गएर समन्वयकारी समतामुलक समाज बनाउने जिम्मेवारी पाएको छ । तर दलितहरुलाई छुवाछुतका विषयमा पीडा परीसकेपछि जव उजुरी गर्न जान्छन् उनीहरुको उजुरी प्रहरीले लिँदैन सरकारले के यो निर्देशन दिन सक्छ ?

Tags :
प्रतिक्रिया दिनुहोस