बाँके आजदेखि ४ घण्टा खुला « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

बाँके आजदेखि ४ घण्टा खुला


२६ बैशाख २०७७, शुक्रबार


बाँके । बाँके प्रशासनले नेपालगञ्जमा तीन दिनदेखि जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको छ । निषेधाज्ञा हटाएसँगै नेपालगञ्जमा व्यापारव्यवसाय खुकुलो बनाइने भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएका छ । प्रशासनले यही वैशाख २३ गतेदेखि २५ गते राति ११ बजेसम्मका लागि तीन दिन निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनले आजदेखि अत्यावश्यक काममा बाहेक कोही पनि व्यक्ति घर बाहिर ननिस्कने तथा सवारी, अनुमति प्राप्त र अत्यावश्यक वस्तु तथा सेवामा प्रयोग हुनेबाहेकका कुनै पनि सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले विज्ञप्तिमा बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले यस अघि बन्द गरिएका कोरोना संक्रमित क्षेत्रमा निषेधित क्षेत्रको आदेश भने कायमै रहने जनाएको छ । नेपालगञ्जका रानीतलाउ, त्रिभुवनचोक र बिपी चोकमा रहेको सब्जीमण्डी अर्को निर्णय नभएसम्मका लागि बन्द रहने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस