डब्लुएचओको चेतावनी ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डब्लुएचओको चेतावनी !


२५ बैशाख २०७७, बिहिबार


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले लकडाउनलाई खुकुलो बनाए कोरोनाले झन संकटको रुप लिने भन्दै चेतावनी दिएको छ । कोरोना भाइरसको संक्रमण व्यवस्थापनका लागि लगाइएको लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्न डब्लुएचओले अनुरोधसमेत गरेको छ।

डब्लुएचओका महासचिव टेड्रोस अडानोम गेब्रियससले बुधवारको नियमित पत्रकार सम्मेलनमा विभिन्न देशहरुले लकडाउनलाई खुकुलो पार्ने घोषणा गरिरहेका बेला कोभिड–१९ बाट प्रभावित मुलुकले संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउनमा फर्किनुपर्ने चेतावनी दिएका हुन् ।

उनले कोरोना प्रभावित धेरै देशहरुले लकडाउनलाई कम गर्दै लैजाने घोषणा गरिरहेका बेला डब्लुएचओका तर्फबाट देशहरुलाई छ कुरामा ध्यान दिन सुझाव दिएका छन् । लकडाउन खुलाउनका लागि उनले देशले निगरानी बलियो बनाउँदै केसहरु घटिरहेका छन् र संक्रमण नियन्त्रणमा छ भन्ने कुरालाई निश्चिन्त हुन भनेका छन्। उनले देशको स्वास्थ्य प्रणालीको क्षमता हरेक केसहरुको पहिचान, परीक्षण, आइसोलेस गर्ने क्षमता र हरेक सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ गर्न सक्षम छ भन्ने कुरामा ढुक्क हुन आवश्यक रहेको समेत उनले सुझाव दिएका छन्।

त्यस्तै, मानिसहरु पुग्ने कार्यक्षेत्र, विद्यालय लगायतका स्थानमा नियन्त्रणका उपायहरु अपनाइएका छन् भन्ने कुरामा ध्यान दिन जरुरी रहेको उनले बताएका छन्। त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा जोखिम व्यवस्थापन गर्न सक्षम हुनुपर्नेमा उनले जोड दिएका छन्। उनले समुदायमा कोभिड–१९को विषयमा जानकारी र नयाँ व्यवस्थालाई पालन गर्ने विषयमा सचेत भएको हुनुपर्नेसमेत बताएका छन्। ‘यदि देशहरुले यो संक्रमणलाई सावधनीपूर्वक व्यवस्थापन गर्न असफल भए भने लकडाउनमा फर्किनुपर्ने यथार्थता बाँकी नै छ’, उनले भने ।

महासचिव टेड्रोसले पान्डेमिकले विश्वव्यापी स्वास्थ्य सुरक्षाको आधार भनेको राष्ट्रिय र क्षेत्रीय स्वास्थ्य अवस्था रहेको बताए। उनले भने,‘बलियो र शक्तिशाली स्वास्थ्य प्रणालीहरु पान्डेमिक नियन्त्रणका लागि मात्र नभइ अन्य स्वास्थ्य चुनौतीहरुको सामाना गर्न पनि महत्त्पूर्ण छ’ यस्तै अवस्थाले सन् २०३० सम्म विश्वका पाँच अर्ब जनसंख्या आवश्यक स्वास्थ्य सेवाबाट बञ्चित उनको भनाइ छ ।

आजदेखि नेपालले पनि लकडाउनलाई केही खुकुलो पारेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस