चीनमाथि ट्रम्पको पुनः आरोप– ‘अमेरिकामा हालसम्मकै घातक हमला भयो’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चीनमाथि ट्रम्पको पुनः आरोप– ‘अमेरिकामा हालसम्मकै घातक हमला भयो’


२५ बैशाख २०७७, बिहिबार


काठमाडों । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि फेरिआरोप लगाएका छन् । उनले अमेरिकामा माहामारीले यस्तो रुप लिनु चीनको मूख्य भूमिका रहेको भन्दौ पुनः आरोप लगाएका हुन् ।

राष्ट्रपति ट्रम्पले नियमित सम्बोधनमा बोल्दै कोरोना भाइरस अमेरिकामा फैलिनु चीनकै हात रहेको बताएका हुन् । उनले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानबाट पर्ल हार्बरमा गरिएिको बमबारी र दुई दशक अघि न्युयोर्कस्थित ट्विन टावरमा भएको आतङ्कवादी हमलाभन्दा पनि कोरोना भाइरसको महामारी घातक रहेको बताए ।

ट्रम्पले लगातार चीन माथिनै आरोप लगाउँदै आएका छन् । उनले भने, ‘चीनमा रहेको भाएरसको मुहान नै रोकिनुपथ्र्यो तर त्यसो भएन ।’ चीनले तत्काल कदम चालेको भए यसले विश्वव्यापी महामारी लिने थिएन, ट्रम्प प्रशासनको भनाइ छ ।

अमेरिकाले चीनमा भाइरस फैलाएने यथेष्ट प्रमाणहरु भएको बताए पनि कुनै प्रमाण अहिलेसम्म प्रस्तुत गर्न सकेको छैन ।

चीनले भने अमेरिकाले लगाउादै आएको आरोप अस्विकार गर्दै आएको छ ।

अमेरिकामा हालसम ७३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । १२ लाख सङ्क्रमित भएका छन् । हालसम्मकै बढी प्रभावित देश बनेको छ अमेरिका ।

Tags :
प्रतिक्रिया दिनुहोस