पदभार ग्रहण गर्दै महासचिव डा. गौतमले भने – ‘व्यावसायिकताका साथ कर्तव्य निर्वाह गर्छु’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पदभार ग्रहण गर्दै महासचिव डा. गौतमले भने – ‘व्यावसायिकताका साथ कर्तव्य निर्वाह गर्छु’


२३ बैशाख २०७७, मंगलबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव डा भरतराज गौतमलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

सिंहदरबारमा आज आयोजित कार्यक्रममा सभामुखले महासचिवलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । सो अवसरमा राष्ट्रियसभाका अध्यक्ष, सङ्घीय संसद्का विभिन्न समितिका सभापति, सांसद तथा सचिवालयका कर्मचारीको उपस्थिति थियो ।

शपथपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै महासचिव गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाबीच समन्वय गर्ने आफ्नो मुख्य जिम्मेवारी भएको बताए। सभामुख र राष्ट्रियसभाको अध्यक्षले आफूलाई महासचिवका रुपमा सिफारिश गरेकोमा उनीहरुप्रति आभार प्रकट गरे।

‘एउटा राष्ट्रसेवक कर्मचारीले आफ्नो ठाउँमा रहेर जे जस्तो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ, संविधान, नियमावली र कर्मचारी प्रशासनसम्बन्धी व्यवस्थालाई ध्यानमा दिएर व्यावसायिकताका साथ काम सम्पन्न गर्ने प्रण गर्दछु’, उनले भने । शपथलगत्तै उनले महासचिवको कार्यकक्षमा पदवहाली गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस