महिलामाथि क्वारेन्टिनमै अभद्र व्यवहार गर्ने एक पक्राउ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

महिलामाथि क्वारेन्टिनमै अभद्र व्यवहार गर्ने एक पक्राउ


प्रशासन संवाददाता

२२ बैशाख २०७७, सोमबार


बैतडी । बैतडीको पुर्चौँडी नगरपालिकामा मादक पदार्थ सेवन गरी महिलामाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन् ।

पुर्चौंडी नगरपालिका ३ स्थित गौरीकन्या मन्तोला क्वारेन्टिनमा गएर वडा महिला सदस्यमाथि अभद्र व्यवहार गर्ने सोही ठाउँका ३६ वर्षीय नरेन्द्र बोहरा पक्राउ परेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिएका छन् ।

पक्राउ परेका बोहरामाथि अभद्र व्यवहार कसुरमा अदालतबाट म्याद थपेर अनुसन्धानको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बोहरालाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस