सेनाको बलाध्यक्ष रथीमा शर्मा, उपत्यका पृतनापतिमा अधिकारी « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सेनाको बलाध्यक्ष रथीमा शर्मा, उपत्यका पृतनापतिमा अधिकारी


२१ बैशाख २०७७, आइतबार


काठमाडौँ । सरकारले १४ वैशाखमा रथीमा बढुवा गरेका उपरथी प्रभुराम शर्मालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बलाध्यक्ष रथी गौरव तण्डुलले १९ वैशाखमा अनिवार्य अवकाश पाएसँगै १४ वैशाखको मन्त्रिपरिषद् बैठकले शर्मालाई बढुवा गर्ने निर्णय गरेको थियो ।

युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका शर्मा सेनाभित्र ‘एक्सन म्यान’ का रूपमा चित्रित सैन्य अधिकारी हुन् ।

भारतबाट नेशनल डिफेन्स कोर्स(एनडीसी) गरेका शर्मा रथीका रूपमा दुई वर्ष रहनेछन् ।

यस्तै प्रधानसेनापति थापाले उपरथीमा बढुवा भएका सहायक रथीहरू आनन्दकुमार अधिकारी र सञ्जय थापा समेतलाई आइतबार दर्ज्यानी चिन्ह लगाई दिएका छन् ।

बढुवा भएका उपरथी अधिकारीलाई उपत्यका पृतना मुख्यालय र उपरथी थापालाई मध्यपश्चिम पृतना मुख्यालयको जिम्मेवारी दिइएको छ । यसअघिका पृतनापति उपरथी निरञ्जन श्रेष्ठको तालिम महानिर्देशनालयमा सरुवा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस