कोरोना कहर : स्वास्थ्यकर्मीका लागि अवसर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना कहर : स्वास्थ्यकर्मीका लागि अवसर


२१ बैशाख २०७७, आइतबार


‘बचाउन कोरोना महामारीबाट विपत्ति : स्वास्थ्यकर्मी हुन् अमूल्य सम्पत्ति’

आजको युग विश्वव्यापीकरणको युग हो । पुँजी, प्रविधि, श्रम, सीप स्रोत साधनको खुला आगमनसँगै विभिन्न रोग भित्रिने गरेको छ । इतिहासको कालखण्डमा एक देशमा भएको आविस्कारको अनुभव विश्वले गरे जस्तै रोग लाग्ने वित्तिकै विश्वभर रोग फैलने गरेको छ । एक देशमा निर्मूल भएको रोग विस्तारै विश्वबाट निर्मूल भएको उदाहरणको रुपमा प्लेगलाई लिन सकिन्छ । भने पोलियो रोग पनि निर्मूृल हुने क्रममा रहेको छ ।

आज चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोनाको महामारीले विश्व नै आक्रान्त पारेको छ । यो रोग चीनको वुहान प्रान्तबाट सन् २०१९ नोभेम्बर १७ मा सर्वप्रथम देखा परेको हो । चीनको वुहानबाटा फैलिएको यो रोगको नाम फेब्रुअरी ११ मा कोभिड १९ नामाकारण गरिएको हो । डिसेम्बर ३१ मा जनस्वास्थ्य संकटकालको रुपमा घोषणा भयो ।

कोरोना रोगको कारण सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा देखिएको छ । धेरै मृत्यु हुने मूलुकमा क्रमश ः अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, युके, टर्की, इरान, रसिया, चीन, ब्राजील, क्यानडा रहेका छन् । अझै यो रोगको संक्रमण दर वृद्धिको क्रम जारी नै छ । यस्तै नेपालमा ४३,०६३ मा आरडिटी, १०,४१९ मा पिसिआर गरिएकोमा पिसिआरबाट ५२ जनामा संक्रमण फेला परेकोमा १६ जना निको भएर घर फर्किसकेकाछन् । २०,१९५ जना क्वारेन्टाइनमा छन् भने १०६ जना आइसोलेसनमा छन् । (स्रोत ः स्वास्थ्य मन्त्रालय)यद्यपि कोरोना विश्वब्यापी महामारी फैलिएको पहिलो रोग भने हैन ।

सन् १६५ देखि सन् १८९ मा देखा परेको एन्टोनाइन प्लेगबाट ५० लाख, सन् १३१४ देखि १३५१ मा फैलिएको ब्ल्याक डेथबाट २० करोड, सन् १९१८ देखि सन् १९१९ सम्म फैलिएको स्पेनिस फ्लुबाट ४ करोड १० लाख तथा एचआईभिबाट सन् १९८१ देखि हाल सम्म ३ करोड ५० लाख हाम्रा पुर्खा तथा आफन्तलाई कसरी गुमायौँ ? सबै भन्दा ठूलो नरसंहारको रुपमा लिएको प्रथम विश्व युद्धमा २ करोड र दास्रो विश्व युद्धमा ६ करोड गरी जम्मा ८ करोड मानिसको मृत्यु भएको देखिन्छ । जुन विश्व युद्धभन्दा महामरीले बढी मृत्यु हुन गएको पुष्टि हुन्छ ।

नोवेल कोराना भाइरस प्रजाति, भाइरसहरुको एउटा ठुलो परिवार मध्येको एक सदस्य हो । यसको सक्रंमणबाट हुने रोगलाई विश्व स्वास्थ्य संगठनले कोभिड १९ नामाकरण गरेको हो । जुन भाइरसको संक्रमणले सामान्य ज्वरो, खोकी, श्वास–प्रश्वासमा कठिनाई देखि अत्यन्त गम्भिर शरीरिक समस्या उत्पन्न भई रोगीको मुत्यु समेत हुन सक्दछ ।

यो रोगको लक्षण तथा चिन्हहरु कोरोना भाइरस शरीरमा प्रवेश भएको २ देखिा १४ दिनभित्र देखिन्छ । कोरोना भाइरस सक्रंमित व्यतिmमा रोगका लक्षणहरु सामान्यदेखि गम्भिर हुन सक्छन् ।

सामान्य लक्ष्णहरु
– ज्वरो आउने (१००.४ डिग्री फरेनहाइट भन्दा बढि)
– खोकी लाग्ने
– सास फर्न कठिनाई हुने

गम्भिर लक्ष्णहरु
– कडा निमोनिया
– मृगौला फेल
हालसम्म यो रोगको कुनै पनि औषधि वा भ्यासिन पत्ता लागेको छैन । यस बाट हामी सक्रंमित नहुनको लागि भिडभाडमा नजाने, भोज भतेर नगर्ने, अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्किने हो ।

कोभिड १९ को उच्च जोखिममा को को हुन्छन् त ?
– जो मानिस विदेशबाट आएका हुन्छन् जस्तै चिन, दक्षिण कोरिया, इटली, इरान, जापान, अमेरिका र युरोप देशहरु लगायत अन्य कारोना भाइरसको स्थानीय प्रसारण (लोकल ट्रान्समिसन) प्रभावित देशहरुबाट नेपाल आएका व्यक्तिहरुबाट सम्पर्कमा रहेका मानिसहरु,
– ६० वर्ष भन्दा बढी उमेर समुहका मानिसहरु,
– नसर्ने रोग जस्तै मधुमेह, उच्च रक्तचाप, मुटु सम्बन्धी, दम र श्वास प्रश्वास रोग र क्यान्सर लागेका व्यक्तिहरु,
– स्वास्थ्यकर्मी जो कोरोना भाइरस सक्रमित बिरामीको सेवा गर्ने

कोभिड १९ को संक्रमणको रोकथामका उपायहरु
– खाना बनाउनु, खुवाउनु र खानु अघि दिसा, पिसाब गरेपछि अथवा फोहोर वस्तु छोए पछि नियमित रुपमा साबुन पानीले मिचि मिचि २० सेकेन्डसम्म हात धुने,
– यदि साबुन पानी उपलब्धमा नभएमा ६०% इथाइल अल्कोहल भएको टिस्यु पेपरले हात सफा गर्ने,
– खोक्दा वा हाच्छिँउ गर्दा रुमाल वा टिस्यु पेपरले नाक र मुख छोप्नु पर्दछ । यदि रुमाल उपलब्ध नभएमा कुहिनोले नाक र मुख छोप्नुपर्छ । टिस्यु पेपर प्रयोग गरिसकेपछि तुरुन्त फोहोर फाल्ने बिनमा फाल्ने ।
– ज्वरा, खोकी वा श्वास फेर्ने कठिनाई परेको लक्षण देखा परेमा अरु व्यक्तिसँग सम्र्पकबाट टाढा बस्ने,
– कसैसँग हात नमिलाउने तर नमस्कार गर्ने,
– भिडभाड हुने स्थान जस्तैः सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एवं मेला महोत्सबाट टाढै रहनु पर्छ,
– सार्वजनिक ठाउँमा जानु परेमा मास्कको प्रयोग गर्ने,

स्वास्थ्यकर्मी कसरी बच्ने त ?
हाल कोभिड–१९ को महामारीको अवस्थामा हामीले पहिलेको सेवा जस्तै: बिरामी जाँच, खोप सेवा, परिवार नियोजन सेवा दिनु पर्ने भएकोले हामी धेरै नै जोखिममा छौँ । स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षाका सामग्रीहरु जस्तै: सर्जिकल मास्क, पन्जा, एप्रोन, इत्यादि र अन्य आवश्यक सामग्रीहरु जस्तै सेनिटाइजर, साबुन इत्यादिलाई उचित ढंगले प्रयोग गर्ने ।

बिरामीसँग कम्तिमा २ मिटरको दुरी कायम गर्ने सकेसम्म, यति दुरी कायम गर्ने । नसकेको खण्डमा पिपिई, सर्जिकल मास्क, पन्जाहरुको सही तरिकाले प्रयोग गर्ने । एक पटक प्रयोग गरेका मास्क, पन्जा फेरी पुनः प्रयोग नगर्ने । पटक पटक साबुन पानीले २० सेकेन्डसम्म हात धुने अथवा ६०% इथाइल अल्कोहल भएको सेनिटाइजरले हात सफा गर्ने । बिरामी सेवा दिर्ने क्रममा पालै पालो चेक जाँच गर्ने । स्वास्थ्यकर्मी आफैलाई पनि सम्भावित लक्ष्णहरु देखिएमा अरुबाट अलग बस्ने । जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी मिलेर आफनो गाउँ ठाउँमा कोभिड १९ बारेमा जनचेतना जगाउने ।

विश्वले आज काम गर्न सक्रिय जनशक्तिदेखि लिएर सम्पूर्ण कर्मचारी उच्च पदस्थ कर्मचारीलाई थुनेर घरभित्रराख्नुपर्ने बाध्यता आएको छ । यस्तै भिडभाड हुने भन्दै सरकारी कार्यालय बन्द हुँदा समेत स्वास्थ्यकर्मीले ज्यानको बाजी लगाएर दैनिक सयौँको संख्यामा बहिरङ्गकक्षमा आउने विरामी, परिवार नियोजन सेवा, खोप सेवा शल्यक्रिया सेवा समेत दिनु पर्ने अवसर स्वास्थ्यकर्मीमा आएको छ ।

उपचार गर्न अस्पताल खटिएका चिकित्सक तथा स्वास्थ्यचौकी जाँदै गरेका हेल्थ असिस्टेन्ट लकडाउन उल्लंघन गरेको भनि समाचार संचार माध्य तथा सामाजिक संजालमा आएका पनि छन् । विश्वमा कोरोनाको उपचारमा खटिएका चिकित्सक समेत उपचार गर्दागर्दै कोरोनाको कारण मृत्यु भएको भन्ने खबर पनि आइरहेका छन् । हाल चिकित्ककको अवस्था शहिदले देश र जनताका लागि हाँसी हाँसी प्राणको आहुति दिन कम्मर कसेर अघि बढे जस्तै भएको छ । स्वास्थ्यकर्मीहरु विरामीका पीडा मत्थर बनाउने उद्देश्यका साथ उपचार गर्न पाउनु र घाउमा मलमपट्टि लगाउन पाउनु सुनौलो अवसर ठानी कम्मर कसेर लागीरहेका छन् ।

‘कालो बादलको बाहिर सेतो चाँदीको घेरा हुन्छ भने जस्तै संकटले धेरै अवसरहरु पनि सिर्जना गर्नसक्छ’

जनचेतनाको स्तर बढेको छ भने स्वास्थ्य सेवाको महत्व पनि बढेको छ । यो क्षेत्रको विकासमा राज्यले धेरै लगानी गर्ने अवस्था आएको छ । सो अनुरुपका पूर्वाधारहरुको विकास तिव्र स्तरमा हुने अनुमानसँगै सो क्षेत्रमा लगानी गर्ने विकल्पहरु धेरै रोज्न सकिन्छ ।

हिजो सम्म स्वास्थ्यमा लगानी गर्न डराउनेहरु अनि विरामी भएपछि विदेशमा उपचार गर्न सकिन्छ भनेर मध्यमवर्ग र निम्न वर्गका जनतालाई दास देख्नेहरुलाई समेत कोरोनाको महामारी पश्चात सरकारी स्वास्थ्य संस्थामा लगानी गर्नु पर्छ भन्ने भावना विकास भएको छ ।

विश्वस्वास्थ्य संगठन अनुसार देशको कूल बजेटको १० प्रतिशत छुट्याउनुपर्नेमा ३ प्रतिशत छुट्याउँदा समेत हात कमाउनेहरुले आज स्वास्थ्यमा लगानीको आवश्यकता बुझेका छन् । संघ, प्रदेश र स्थानीय तह लगायत सम्पूर्ण विश्वले स्वास्थ्यकर्मीको महत्व बुझ्न सफल भएका छन् । विभिन्न पालिकाहरुको कोरोनाको लागि बजेट छुट्याउनका लागि होडबाजी चलेको जुन स्वास्थ्यकर्मीका लागि र स्वास्थ्य क्षेत्रको विकासका लागि सुखद पक्ष हो । हिजो जनस्वास्थ्य विषयको अवमूल्यन गर्ने तथा स्वास्थ्यक्षेत्रमा शैक्षिक योग्यताको महत्व नराख्नेहरु आज प्रत्येक पालिकामा जनस्वास्थ्य अधिकृत खटाउनुपर्ने निर्णय गर्न विवश छन् ।

लामो समयसम्म लोक सेवा अन्य क्षेत्रको हुँदा समेत स्वास्थ्य क्षेत्रमा विज्ञापन आवश्यकता नठानेको फलस्वरुप लकडाउनमा समेत छिटो प्रक्रियाबाट विज्ञापन(करार) गर्नुपर्ने आवश्यकता खड्किएको छ । साधारण मास्क समेत परनिर्भर पर्नु परेकोले महामारीमा समस्या पर्दा आफैँ उत्पादन गर्नुपर्छ भन्ने भावनाको विकास भै उत्पादनको थालानी गरेको छ । जस्तै ललितपुर महानगरपलिका जसले स्वास्थ्य सामग्रीमा आत्मनिर्भरको पाठ सिकेर अभ्यास गर्नुको प्रारम्भिक चरण हो । अन्य कार्यालयमा कार्यरत कर्मचारी जस्तै राजस्व, अदालत, अख्तियार, संसद आदिमा कार्यभार देखेर उत्प्रेरणा भत्ता दिदैँ आएको तर सार्वजनिक विदा, शनिवार, दशैँ तिहार लगायत चाडपर्वमा समेत काम गर्ने कर्मचारीको कार्यबोझ नबुझिएकोमा कोरोनाको महामारीको कारण जोखिम भत्ता दिने निर्णय मन्त्रिपरिषदबाट पारित हुनुलाई स्वास्थ्यकर्मीको कामको मूल्यांकनको अवसरको रुपमा लिन सकिन्छ ।

जनचेतनाको स्तर बढेको छ भने स्वास्थ्य सेवाको महत्व पनि बढेको छ । यो क्षेत्रको विकासमा राज्यले धेरै लगानी गर्ने अवस्था आएको छ । सो अनुरुपका पूर्वाधारहरुको विकास तिव्र स्तरमा हुने अनुमानसँगै सो क्षेत्रमा लगानी गर्ने विकल्पहरु धेरै रोज्न सकिन्छ । जनचेतनाको स्तर बढेको छ भने स्वास्थ्य सेवाको महत्व पनि बढेको छ । यो क्षेत्रको विकासमा राज्यले धेरै लगानी गर्ने अवस्था आएको छ । सो अनुरुपका पूर्वाधारहरुको विकास तिव्र स्तरमा हुने अनुमानसँगै सो क्षेत्रमा लगानी गर्ने विकल्पहरु धेरै रोज्न सकिन्छ ।

कोरोनाको कारण लकडाउनमा बस्नुपर्ने कारण विद्युतीय माध्यबाट सेवा दिनुपर्ने आफ्नै मूलुकमा लगानी गर्ने उद्योगधन्दाको विस्तार गर्नुपर्ने स्वर गुन्जिरहेको सन्दर्भमा स्वास्थ्यसेवा पनि सोही बमोजिम विकास गर्न जरुरी छ । मलेरियाको पत्ता लाग्ने वित्तिकै प्रतिवेदन प्रणली, मासिक प्रतिवेदनबाट गरिएको सेवाबाट पाठ सिक्दै दैनिक अभिलेख विद्युतीय माध्यमा रेकर्ड राख्ने दैनिक औषधि खर्च विवरण अनलाइन राख्ने र केन्द्रिय कार्यालयबाट दैनिक मौज्दात खर्च हेर्न सक्ने प्रणाली विकास गर्न जरुरी छ । जसले गर्दा कतै औषधि अभाव र कतै म्याद गुज्रने सम्भावना हुदैँन । नेपालमा ७०० भन्दा बढी जडिबुटी पाउँदासमेत परनिर्भर रहेको अवस्थामा औषधिमा लगानीमैत्री वातावरण सिर्जना गर्ने, करको भारी छुट दिने, स्वास्थ्यकर्मीलाई समेत लक्षित गरी सेयर खोल्ने र विदेशीको लगानी समेत भित्र्याउने गर्नुपर्छ ।

उदारवादी व्यवस्थाका साथै मुनाफाको हरेक कम्पनीले ५ प्रतिशत गुणस्तरीय औषधि सरकारी स्वास्थ्य संस्थालाई उपलब्ध गराउने कानुनी व्यवस्था गर्नुपर्छ जसले गर्दा सीमित बजेटको कारण औषधि अपुग भई आधारभूत स्वास्थ्य सेवा पाउने हकबाट कुनै पनि नागरिक बञ्चित हुनुपर्ने छैन । फलाम तातेको बेलामा पिटेमा मात्र आकार दिने भएकाले अहिले सबै स्वास्थ्यकर्मी प्रति सकारात्मक भएको अवस्थामा अन्य सेवाको कर्मचारी जस्तै अहिले पहल गर्दा कोरोना महामारी पछि पनि उत्प्रेरणा भत्ता कार्यालय समय भन्दा बढी र विदाको दिनमा काम गरे वापत पाउन सक्ने भएकाले नेतृत्वले पहल गर्नु जरुरी छ । कोरोना महामारीसँगै स्वास्थ्य क्षेत्रमा केहि गर्छु देश र जनताको लागि केहि गर्छु भन्नेको लागि अवसर आएको छ । अब सबैले भन्नुछ ‘स्वास्थ्यमा लगानी सुनौलो बिहानी’ अनि स्वास्थ्यकर्मीले आज जनताको लागि कोरोनाको महामारी मुक्ति अभियान रहर सोच्नुपर्दछ अनि उपयोग गर्नुछ ‘कोरोना कहर स्वास्थ्यकर्मीका लागि अवसर’ ।

Tags :
प्रतिक्रिया दिनुहोस