पेट्रोलियम कारोबार ऐन आउँदै « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

पेट्रोलियम कारोबार ऐन आउँदै


१९ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम कारोबार ऐन ल्याउने भएको छ ।

मन्त्रालयले पेट्रोलियम पदार्थको कारोबारलाई अझ व्यवस्थित र पारदर्शी बनाउन नयाँ ऐनको प्रस्ताव सैद्धान्तिक सहमतिका लागि दुई दिनअघि मन्त्रिपरिषद् को कार्यालयमा पठाएको छ ।

पेट्रोलियम पदार्थको कारोबारलाई नयाँ ढङ्गले समय सान्दर्भिक बनाएर सहजता कायम गर्न कारोबार ऐन ल्याउनु आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

पेट्रोलियम पदार्थको बिक्री वितरण मात्र नभई त्यसको नियमन प्रभावकारी नभएको महसुस गरी मन्त्रालयले यस्तो ऐन ल्याउने तयारी थालेको जनाएको छ ।

पेट्रोलियम पदार्थ कारोबारको लागि शक्तिशाली नियमनकारी निकायको आवश्यकता महसुस गरी कारोबार ऐन ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस