रहेनन् बलिउड अभिनेता इरफान « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

रहेनन् बलिउड अभिनेता इरफान


१७ बैशाख २०७७, बुधबार


काठमाडौं । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको ५४ वर्षको उमेरमा निधन भएको हो ।

अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि मंगलबारै अस्पताल भर्ना गरिएका उनलाई ‘कोलन इन्फेक्सन’ भएको बातइएको छ ।

गतवर्ष उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए । गत वर्ष उनले एउटै मात्र फिल्म ‘अंग्रेजी मिडियम’ मा काम गरेका थिए । सो फिल्ममा काम गर्दा पनि उनको अवस्था ठीक थिएन ।

गत शनिबार मात्रै खानकी आमा सईदा बेगमको पनि निधन भएको थियो ।

लकडाउनको कारण इरफान आफ्नी आमाको अन्तिम यात्रामा पनि उपस्थित हुन सकेका थिएनन् । उनले भिडियो कलमार्फत आमाप्रति श्रद्धान्जली प्रकट गरेका थिए ।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो।

इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत फिल्ममा अभिनय गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस