ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश


१६ बैशाख २०७७, मंगलबार


High Court_Sarbocha adalat

काठमाडौँ । सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरण निवेदनमा अदालतले मङ्गलवार शाहीलाई छोड्न आदेश दिएको हो।

शाहीका तर्फबाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए। यसअघि सर्वोच्चले शाहीलाई पक्राउ गरी थुनामा राख्नुको कारण तत्काल पेस गर्न आइतबार सरकारको नाममा आदेश जारी गरेको थियो।

शाहीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गरेको र प्रहरीमाथि पनि अभद्र व्यवहार गरेको भन्दै अनुसन्धानका लागि पक्राउ गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस