पूर्व सचिव उपाध्यायविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्व सचिव उपाध्यायविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता


१४ बैशाख २०७७, आइतबार


काठमाडौँ । पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता भएको छ ।

प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौँमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गरेको हो ।

उनलाई ५ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर भएको छ ।

उपाध्यायलाई यही वैशाख १० गते राती उनकै घरबाट पक्राउ गरी भोलिपल्टै अदालतबाट प्रहरी अनुसन्धानका लागि ३ दिनको म्याद दिएको थियो ।

उपाध्यायले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैर कानुनी विषय लेखेको प्रहरीको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस