थप २ जनामा कोरोना संक्रमणको पुष्टि, ५१ पुग्यो संक्रमितको संख्या « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

थप २ जनामा कोरोना संक्रमणको पुष्टि, ५१ पुग्यो संक्रमितको संख्या


१४ बैशाख २०७७, आइतबार


वीरगन्ज । वीरगन्जमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो ।

यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।

योसँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ५१ पुगेको छ।

कोरोना संक्रमणपछि नारायणी अस्पतालमा उपचार गराइरहेको ३ भारतीय जमातीलाई भने केहीबेरमा डिस्चार्ज गर्ने तयारी अस्पतालले गरिरहेको छ। यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ५१ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस