मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन बारे निर्णय हुँदै « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन बारे निर्णय हुँदै


१४ बैशाख २०७७, आइतबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठक आइतबार(आज) बस्दै छ ।

प्रधानमन्त्री निवासमा बस्ने बैठकले लकडाउन थप्ने या खुकुलो बनाउने भन्ने बारेमा छलफल हुने बताइएको छ । मन्त्रिपरिषद्‍को बैठक दिउसो २ बजे बस्ने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिवार(हिजो) बिहानको बैठकले लकडाउनको मोडालिटी बारे टुङ्गो लगाउन मुख्यसचिव लोक दर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मा दिएकोमा कार्यदलले एक हप्ता बढाउन सुझाएको थियो ।

स्रोतका अनुसार सरकारले स्वरूप परिवर्तन गरेर भए पनि लकडाउन लम्ब्याउने तयारी गरेको छ।

सरकारले आन्तरिक तथा बाह्य हवाई उडानमाथिको रोक पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय यसअघि नै गरिसकेको छ ।

हालसम्म कोरोना विरुद्ध सरकारले गरेको तयारी सफल भएको निष्कर्ष निकाल्दै उपत्यकासहित सहरी क्षेत्रमा लकडाउन यथास्थितिमा कायम राख्ने तर हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन सकिनेबारे छलफल भएको छ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी कदमसँगै नेपाल सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन गरेको छ ।

सरकारले जारी गरेको लकडाउनको अवधि वैशाख १५(भोली) सकिदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस