उच्चस्तरीय समितिको निर्णय : लकडाउन तत्काल खुकुलो बनाउन नसकिने, जेठ २ गतेसम्म उडान स्थगित « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

उच्चस्तरीय समितिको निर्णय : लकडाउन तत्काल खुकुलो बनाउन नसकिने, जेठ २ गतेसम्म उडान स्थगित


१३ बैशाख २०७७, शनिबार


काठमाडौं । सरकारले लकडाउन तत्काल खुकुलो बनाउन सकिने परिस्थिति नरहेको निश्कर्ष निकालेको छ ।

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले देशका विभिन्न क्षेत्रमा कोरोना भाइरस संक्रमण देखिएको र सबै क्षेत्रमा परीक्षण भइनसकेकाले तत्काल लकडाउन खुकुलो बनाउन नसकिने निश्कर्ष निकालेको हो ।

बैशाख १५ गते लकडाउनको अवधि सकिँदै छ । स्रोतका अनुसार लकडाउन घटाउने वा जारी राख्ने भन्नेबारे ठोस निश्कर्षमा भने नपुगेको  र लकडाउनबारे थप निर्णय गर्न आइतबार मन्त्रिपरिषद् बैठक बस्ने छ ।

यस्तै, बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ तेसम्म स्थगित गर्ने निर्णय गरेको छ । यसअघि वैशाख १८ (अप्रिल ३०) सम्ममात्र अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस