युरोपमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघ्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

युरोपमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघ्यो


१० बैशाख २०७७, बुधबार


पेरिस । कोविड –१९ को संक्रमणको कारण युरोपभरीमा ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघेको छ ।

नेपाली समयानुसार बुधबार अपराह्न ३ बजे प्राप्त भएको समाचारअनुसार युरोपभरी कोरोना भाइरस संक्रमितको संख्या १२ लाख ४६ हजार ८४० रहेको एएफपीले जनाएको छ । यसमा १ लाख १० हजार १९२ जनाको ज्यान गएको बताइएको छ ।

हालसम्म युरोप कोरोना भाइरसको संक्रमणको कारण अत्यन्त प्रभावित महादेशमा बनेको छ ।

कोरोना भाइरसको संक्रमणको कारण इटालीमा २४ हजार ६४८, स्पेनमा २१ हजार ७१७, फ्रान्समा २० हजार ७९६ र बेलायात १७ हजार ३३ जनाले ज्यान गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस