लकडाउनमा सामूहिक नमाज पढ्दै गरेका १४ जना पक्राउ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

लकडाउनमा सामूहिक नमाज पढ्दै गरेका १४ जना पक्राउ


७ बैशाख २०७७, आइतबार


पक्राउ

कपिलवस्तु । लकडाउन उलंघन गरी सामूहिक नमाज पढ्दै गरेका १४ जनालाई मायादेवी गाउँपालिका ७ स्थित एक मस्जिदबाट प्रहरीले पक्राउ गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनलाई उल्लंघन गरेको, सामाजिक दूरी कायम नगरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रशासनले जनाएको छ ।

पक्राउ परेका सबैलाई मायादेवी गाउँपालिकाबाट सदरमुकाम तौलिहवास्थित वडा प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको प्रहरी अधिकारीले जनाएका छन् ।

यसअघि नै जिल्लाका मुस्लिम अगुवा, मदरसा संचालक, तथा ईस्लाम धर्म गुरुहरुसँग जिल्ला प्रशासन कार्यालमा सामूहिक बैठक बसी घरमै बसी नमाज पढ्न आग्रह गरेको भएपनि जबरजस्ती स्थानीय मस्जिदमा जम्मा भई नमाज पढ्न खोज्ने उनीहरुलाई बाध्य भई पक्राउ गर्नु परेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस