कोरोनाबाट भारतमा ५ सय बढीको मृत्यु, १६ हजार संक्रमित « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कोरोनाबाट भारतमा ५ सय बढीको मृत्यु, १६ हजार संक्रमित


७ बैशाख २०७७, आइतबार


काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ५ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २७ जनाको मृत्यु भएको छ । १६ हजार बढी संक्रमित भएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक हजार तीन सयभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा समग्र संक्रमितको संख्या पनि १६ हजार ३ सय पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय ११ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै मध्यप्रदेशमा ७०, गुजरातमा ५३, दिल्लीमा ४२ जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म नौ सय ६९ संक्रमित देखिएका छन् भने १४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा ८६ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा दुई हजार दुई सय ३१ संक्रमित निको भइसकेका छन् ।

नेपालमा पनि भारतीयहरु नै बढी संक्रमित देखिएका छन् । पछिल्लो पटक भारतबाट नेपाल भित्रिएका भारतीय नागरिकहरुमा कोरोना भाइरसको संक्रमण पोजेटि देखिइरहेको छ । नेपाल पनि यसको उच्च जोखिममा रहेको छ ।

नेपालमा अहिलेसम्म भारतीय नागरिक र विदेशबाट आएका नेपालीहरुमा कोरोनाको संक्रमण देखा परिरहेको छ । यद्यपी अहिले सम्म नेपालमा ३१ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस