सहमतिमा मात्रै सुरक्षा प्रमुखको सरुवा गर्न गृहलाई प्रदेश २ को पत्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सहमतिमा मात्रै सुरक्षा प्रमुखको सरुवा गर्न गृहलाई प्रदेश २ को पत्र


६ बैशाख २०७७, शनिबार


जनकपुर । प्रदेशस्थित सुरक्षा निकायहरूको सरुवा गर्दा सहमति लिनुपर्ने भन्दै प्रदेश २ सरकारले गृह मन्त्रालयलाई पत्र लेखेको छ । प्रदेशमा शान्ति-सुरक्षामा खटिएका प्रमुखको सरुवा, पदस्थापना, काज र खटनपटन गर्दा प्रदेश सरकारको सहमतिमा गर्नुपर्ने भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सङ्घीय सरकारलाई पत्र पठाएको हो ।

प्रदेश २ मा कार्यरत तीन डिआइजी, केही सिडिओ र एसपीको सरुवाको तयारी गरिरहेको गृह मन्त्रालयलाई कोरोना भाइरस(कोभिड–१९) को महामारीको बेला सुरक्षा निकायका प्रमुखहरूलाई नचलाउन प्रदेश सरकारले पत्र नै लेखेको हो । ‘कोभिड-१९ विरुद्धको लडाइँका लागि प्रदेशमा सञ्चालन तथा व्यवस्थापन भइरहेको प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक अभियानमा सुरक्षा निकायको व्यापक सहयोग र सहकार्य रहेकाले गृह मन्त्रालय तथा अन्तर्गतका निकायबाट डिआइजी, सिडिओ र एसपीलाई प्रदेश वा अन्तर्गतको जिल्लामा सरुवा, पदस्थापन, काज वा खटनपटन गर्दा सहमति लिन अनुरोध छ,’ प्रदेश सरकारले शुक्रवार अपराह्न गृह मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह सचिव तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखलाई बोधार्थसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गृह मन्त्रालयले पत्र गृहलाई पत्र पठाएको हो ।

अनुसार प्रदेश वा अन्तर्गतका जिल्लामा सरुवा हुने डिआइजी, एसपी र सिडिओको बारेमा प्रदेश सरकारलाई अग्रिम जानकारी हुनुपर्ने र प्रदेश सरकारले त्यो नाममा सहमति जनाए मात्र सरुवा गर्नुपर्ने सर्त प्रदेश सरकारले राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस