भारतमा कोरोनाबाट एकैदिन ४३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या चार सय ८० « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

भारतमा कोरोनाबाट एकैदिन ४३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या चार सय ८०


६ बैशाख २०७७, शनिबार


काठमाडौँ। भारतमा कोरोना भाइरस(कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या चार सय ८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या पनि १४ हजार तीन सय ७८ पुगेको छ ।

भारतको महाराष्ट्रमा सबैभन्दा धेरै दुई सय एक जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । भारतको सबैभन्दा प्रभावित यो प्रान्तमा अहिलेसम्म तीन हजार तीन सय २३ संक्रमित फेला परिसकेका छन् । मध्यप्रदेशमा ६९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । त्यस्तै दिल्लीमा ४२ तथा गुजरातमा ४१ जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म १४ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने आठ सय ४९ जनामा यसको संक्रमण देखिएको छ । नेपालसँग सीमाना जोडिएको अर्को प्रान्त बिहारमा अहिलेसम्म कोरोना भाइरसका ८३ जना संक्रमित फेला परेका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म एक हजार नौ सय ९२ संक्रमिन निको भएर घर फर्किसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस