स्याङ्जाका जनप्रतिनिधिबीच कुटाकुट हुँदा वडाध्यक्षको हात भाँच्चियो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

स्याङ्जाका जनप्रतिनिधिबीच कुटाकुट हुँदा वडाध्यक्षको हात भाँच्चियो


५ बैशाख २०७७, शुक्रबार


स्याङजा । लकडाउनको समयामा स्याङ्जाका जनप्रतिनिधिबीच कुटाकुटा भएको छ । स्याङजाको गल्याङ नगरपालिका ८ स्थित एक कटेजमा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार बगाले र वालिङ नगरपालिका १० का अध्यक्ष अनन्तराज गैह्रैबीच कुटपिट भएको हो ।

बुधबार साँझ ८ बजे कुटाकुटा हुँदा वडा अध्यक्ष अनन्तराज गैह्रैको हात भाँच्चिएको बताइएको छ । उनको हाल पोखरास्थित फेवासिटी हस्पिटलमा उपचार भइरहेको छ ।

घटनामा संलग्न भनिएका उपप्रमुख बगाले र वडा अध्यक्ष गैरे स्थानीय निर्वाचनमा एउटै वडाबाट निर्वाचित हुन् ।

कालीगण्डकी गाउँपालिका कोरोना संक्रमणको अनुगमन गरेर फर्केका उपप्रमुख बगालेलाई अध्यक्ष गैह्रेले सरकारी गाडी दुरुपयोग गरेको आरोप लगाएपछि कुटाकुट भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस