अमेरिकामा आउँदो महिनादेखि लकडाउन हटाउन नयाँ रणनीति सार्वजनकि « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अमेरिकामा आउँदो महिनादेखि लकडाउन हटाउन नयाँ रणनीति सार्वजनकि


५ बैशाख २०७७, शुक्रबार


काठमाडौं । अमेरिकामा आउँदो महिनादेखि लकडाउन खोल्ने नयाँ रणनीति सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमणले तिव्रता लिइरहेका बेला राष्ट्रपति ट्रम्पले भने लकडाउन खोल्ने नयाँ निर्देशिका जारी गरेका छन् ।

ट्रम्पले राज्यका गभर्नरहरुका लागि एक निर्देशिका जारी गर्दै तीन चरणमा लकडाउन खुला गर्ने रणनीति अघि सारेका छन् । १८ बुँदे निर्देशिकामा एउटा चरण कम्तीमा १४ दिनको हुने जनाइएको छ ।

लकडाउन खुला गर्नुलाई अमेरिकी अर्थतन्त्रमा ‘समयको सावधानी कदम’ भएको बताउँदै उनले केही राज्यहरुमा भने यसै महिनादेखि लकडाउन हटाउन सक्ने बताए ।

‘हाम्रो युद्धको अर्को मोर्चामा अमेरिका फेरि खुला हुनेछ ’ राष्ट्रपति ट्रम्पले भने , ‘अमेरिका खुला हुन चाहन्छ र अमेरिकन खुला हुन चाहन्छन्, देश बन्द राख्नु दिगो समाधान होइन ।’

उनले लामो समयको लकडाउनले सार्वजनिक स्वास्थ्यमा गम्भीर समस्या ल्याउने सम्भावना देखिएको बताएका छन् ।

लकडाउनले लागूऔषध दुर्व्यसनी, मदिरा प्रयोग, मुटुका बिरामी र अरु शारीरिक र मानसिक समस्या बढ्न थालेको ट्रम्पले बताएका छन् । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस