नयाँ वर्षलाई समृद्धि र दिगो विकास वर्ष बनाऔँ : सभामुख सापकोटा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नयाँ वर्षलाई समृद्धि र दिगो विकास वर्ष बनाऔँ : सभामुख सापकोटा


१ बैशाख २०७७, सोमबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ लाई धर्तीका सबै मानिसलाई त्राहिमाम बनाइरहेको कोरोनामाथि जीतको वर्ष बनाउन आह्वान गरेका छन् ।

नयाँ वर्षका उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइमा शुभकामना सन्देश दिँदै उनले समृद्धि र दिगो विकासको बाटामा अघि बढेको वर्षका रुपमा नयाँ वर्षलाई स्थापित गरौँ भने ।

नयाँ वर्षलाई स्वागत गर्दै गर्दा कोभिड –१९ को महामारीविरुद्ध सङ्घर्ष गरिरहेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘नयाँ वर्षको आरम्भलाई कोरोना र सम्भावित अन्य महामारीलाई परास्त गर्ने दृढ सङ्कल्प गर्नुपरेकाले सोहीअनुसारको व्यवहारमा रही आपसमा शुभकामना आदानप्रदान गरेर स्वागत गरौँ ।’

जस्तासुकै विषम परिस्थितिलाई परास्त गरी अघि बढेको नेपालको गर्विलो इतिहास सदैव पे्ररणादायी रहेको उल्लेख गर्दै उनले भने, ‘कोभिड–१९ को जोखिमको विषम परिस्थितिमाथि जीत हासिल गरेर लोकतन्त्रलाई अझ विस्तार, विकास र सुदृढ गर्दै समाजवादउन्मुख नीति, कार्यक्रम र योजनासहित अघि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस