कोरोना (विश्व अपडेट) : मृत्यु हुनेको संख्या १ लाख २ हजार, अमेरिकामा १८ हजारले गुमाए ज्यान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोरोना (विश्व अपडेट) : मृत्यु हुनेको संख्या १ लाख २ हजार, अमेरिकामा १८ हजारले गुमाए ज्यान


२९ चैत्र २०७६, शनिबार


काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले मृत्यु हुनेको संख्या शनिबार बिहानसम्म १ लाख २ हजार ६ सय ८७ पुगेको छ । कोरोनाले १६ लाख ९७ हजार ५३३ जना संक्रमित भएका छन्। त्यस्तै ३ लाख ७६ हजार १०९ जना मात्रै निको भएका छन्।

अमेरिकामा १८ हजार ७ सय १९ जनाले ज्यान गुमाएका छन्। ५ लाख २ हजार ४९ जना संक्रति भएका छन् ।

हाल अमेरिकाको कोरोना संक्रमणको दर हेर्दा अन्य देशको तुलनामा तिव्ररुपमा फैलिइरहेको र मृतकको संख्यामा पनि वृद्धि भइरहेको छ । पछिल्लो समय अमेरिकामा कोरोना संक्रमण भयानकरुप लिइरहेको छ । शनिबार बिहानसम्म मात्रै २४ घण्टमा २ हजार ३७ जनाको मृत्यु भएको छ ।

त्यस्तै इटलीमा १८ हजार ८ सयको मृत्यु भएको छ भने १ लाख ४७ हजार ५७७ जना संक्रमित छन् । जसमा ५५ हजार ६६८ जना निको भएर घर फर्किसकेका छन् । ८६ हजार ५ सय २४ सक्रिय केस छन् ।

स्पेनमा ज्यान गुमाउनेको संख्या १६ हजार ८१ रहेको छ भने १ लाख ५८ हजार २ सय ७३ संक्रमित छन् ।

युकेमा हालसम्म ८ हजार ९५८ जनाले ज्यान गुमाएका छन्। ७३ हजार ७५८ जना संक्रमित छन्।

Tags :
प्रतिक्रिया दिनुहोस