काठमाडौँबाट बाहिर जान दिने तर काठमाडौँ आउन नदिने कुरा सत्य होइन होला -मुख्यमन्त्री पोखरेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँबाट बाहिर जान दिने तर काठमाडौँ आउन नदिने कुरा सत्य होइन होला -मुख्यमन्त्री पोखरेल


२७ चैत्र २०७६, बिहिबार


Shankar pokhrel

काठमाडौँ । काठमाडौँबाट बाहिर जान दिने तर काठमाडौँ आउन नदिने सङ्घीय सरकारको तयारीप्रति प्रदेश ५ का मुख्यमन्त्रीले आपत्ति जनाएका छन् ।

सरकारले लकडाउनका कारण काठमाडौँ उपत्यकामा फसेका नागरिकलाई गाउँ जान दिने निर्णयपछि फेसबुकमा स्टाटस लेख्दै मुख्यमन्त्री शंकर पोखरेलले आपत्ति जनाएका हुन्। उनले ‘काठमाडौंबाट बाहिर जान दिने र बाहिरबाट काठमाडौँ जान दिने कुरा सत्य होइन होला’ भन्दै लकडाउनलाई लकडाउन नै बनाउनुपर्ने बताएका छन्।

मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘काठमाडौंबाट बाहिर जान दिने र बाहिरबाट काठमाडौँ जान नदिने कुरा सत्य होइन होला। लकडाउनको अर्थ लकडाउन नै हो। बरु बेखर्चीलाई राहत देऊ।’

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि लागू गरेको लक डाउन वैशाख ३ गते सम्मको लागि बढाइएको छ। यससँगै दैनिक ज्याला मजदुरी गरी खाने ठुलो संख्यालाई जीवनयापनमा नै कठिनाइ उत्पन्न भएपछि सरकारले यसबारे छलफल थालेको थियो ।

गाडी नपाएपछि राति राति पैदल यात्रा गर्दै घर गई रहेका बेला उच्चस्तरीय समन्वय समितिले बिहीबार गाउँ जान चाहनेलाई जान दिनेबारे छलफल अघि बढाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस