डब्लूएचओका प्रमुखलाई आयो ज्यान मार्ने धम्की ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डब्लूएचओका प्रमुखलाई आयो ज्यान मार्ने धम्की !


प्रशासन संवाददाता

२७ चैत्र २०७६, बिहिबार


जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशकलाई ज्यान मार्ने धम्की आएको छ । महानिर्देशक टेड्रोस अधनोम घब्रेससले आफूमाथि ज्यान मार्ने धम्की आएको र जातीय अपमान भएको बताएका हुन् ।

यही अप्रिल ८ मा आयोजित पत्रकार सम्मेलनका क्रममा धम्की आएको टेड्रोसले बताए।

‘म ज्यान मार्ने धम्कीप्रति खेद प्रकट गर्छु, किनकि, मैले मानिसहरुको जीवन बचाउनु छ, ६० हजार मानिसले ज्यान गुमाए जस्तै मसँग समय छैन,’ टेड्रोसले भने।

उनले धम्की कसले दियो भन्नेबारे केही खुलाएका छैनन् । तर तीन महिनाअघि ताइवानबाट धम्की आएको उनको दाबी छ ।

कोरोना भाइरस महामारीको १ सय दिनको सन्दर्भमा डब्लूएचओले हालै पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका थिए । तर टेड्रोस यस्तो धम्कीप्रति शान्त रुपमा प्रस्तुत भएका थिए । तर उनले आफूमाथि भएका सबै आलोचना र टिप्पणीको जवाफ नदिने जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस