आइतबारदेखि भरी सिलिण्डर ग्यास बिक्री गरिने « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

आइतबारदेखि भरी सिलिण्डर ग्यास बिक्री गरिने


२६ चैत्र २०७६, बुधबार


काठमाडौँ । नेपाल आयल निगमले आइतबारदेखि पुनः भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ ।

निगम सञ्चालक समितिको बुधबारको बैठकले १४.२ किलो(भरी)को सिलिण्डर ग्यास बिक्री विरतण खुला गर्ने निर्णय गरेको हो ।

निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको एक अधिकारीले बताए ।

बजारमा खाना पकाउने ग्यासको माग उच्च भएपछि निगमले चैत १२ गते बेलुकी आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेसँगै चैत १६ गतेदेखि मुलुकभर आधा सिलिण्डर ग्यास बिक्री गरिएको थियो ।

सम्बन्धित समाचार आधा सिलिन्डर ग्यास बजारमा पठाउन निगमको निर्देशन

बजारमा भएका आधा सिलिण्डर बिक्री सकिएपछि आइतबारबाट मात्रै भरी सिलिण्डर ग्यास बिक्री हुने घिमिरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस