लुम्बिनी प्रादेशिक अस्पतालका पाँच चिकित्सक बर्खास्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी प्रादेशिक अस्पतालका पाँच चिकित्सक बर्खास्त


२६ चैत्र २०७६, बुधबार


बुटवल । कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ ।

अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई सेवाबाट हटाइएको हो ।

अस्पताल प्रशासनलाई जानकारी नदिई ड्युटीमा हाजिर नभएपछि उनीहरुलाई बर्खास्त गरिएको अस्पतालले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयले लापरवाही गर्ने चिकित्सकलाई कारबाही सुरु गरिएको जनाएको छ । सेवा प्रवाहमा बेवास्था गर्नेलाई सेवाबाट हटाउने मन्त्रालयको चेतावनी छ ।

महामारीको समयमा प्रसूति, काजक्रिया र बिरामी बिदाबाहेक अन्य बिदा नपाउने संघीय स्वास्थ्य मन्त्रालयको परिपत्रसँगै देशभरका सबै सरकारी स्वास्थ्य संस्थाहरुले अन्य बिदा बन्द गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस