विदेशबाट फर्केकी महिला आइसोलेशनमा भर्ना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विदेशबाट फर्केकी महिला आइसोलेशनमा भर्ना


प्रशासन संवाददाता

२४ चैत्र २०७६, सोमबार


मेलम्ची । कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि विदेशबाट फर्किएकी एक महिलालाई आइसोलेशन वार्डमा भर्ना गरिएको छ ।

सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकाकी ४० वर्षीया एक महिलालाई आइसोलेसनमा भर्ना लिइएको हो ।

सदरमुकाम चौतारास्थित जिल्ला अस्पतालको आइसोलसनमा राखेर उनको उपचार थालिएको छ ।

एम्बुलेन्सले बोक्न नमानेपछि उनलाई आइसोलेसनसम्म लान सरकारी सवारी साधन प्रयोग गरिएको थियो ।

एम्बुलेन्स नभेटेपछि वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँका साथमा जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङले आफ्नो गाडीमा ती विरामीलाई खाडीचौर लगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस