अत्यावश्यकीय वस्तु आयातमा कुनै असर छैन : भन्सार विभाग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अत्यावश्यकीय वस्तु आयातमा कुनै असर छैन : भन्सार विभाग


२४ चैत्र २०७६, सोमबार


काठमाडौँ । अत्यावश्यकीय वस्तु आयातमा कुनै असर नरहेको भन्सार विभागले जनाएको छ । कोरोना भाइरस(कोभिड १९) को रोकथमाका लागि सरकारले गरेको लकडाउनका कारण अत्यावश्यक वस्तु आयातमा कुनै असर नपरेको भन्सार विभागको दाबी छ । विभागले सामान सामान्यरुपमा आयात भइरहेको जनाएको छ ।

विभागका महानिर्देशक सुमन दाहालका अनुसार अत्यावश्यक पर्ने वस्तु, दाल चामल , ग्यास लगायतका वस्तु नियमितरुपमा आयात भइरहेका छन् ।

समग्र आयातमध्ये जुन हिसावमा अत्यावश्यकीय वस्तु आयात गरिन्थ्यो त्यसरी नै आयात भइरकेको र अन्य आयात भने घटेको विभागले जनाएको छ । अत्यावश्यकीय वस्तु १० प्रतिशत आयात हुनेमा त्यति नै आयात भइरहेकोम छ भने , अन्य आयात १० प्रतिशतमा झरेको महानिर्देशक दाहालले बताए ।

उनले आयातित वस्तुलाई डिसइन्फेक्ट गराएर मात्र नेपाल प्रवेश गराइएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस