आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको निरन्तरताबारे छलफल हुने « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको निरन्तरताबारे छलफल हुने


२२ चैत्र २०७६, शनिबार


काठमाडौं । आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दै छ । सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

बैठकमा चैत २५ गतेसम्मको लकडाउनलाई निरन्तरता दिने/नदिने बारेमा छलफल हुने स्रोतले बताएको छ ।

त्यस्तै, स्वास्थ्य सामग्री खरिदलगायत अन्य नियमित एजेण्डामाथि छलफल गरिने बालुवाटार स्रोतले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस