महासंघको विज्ञप्तिमा प्रेस सल्लाहकारको आपत्ति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महासंघको विज्ञप्तिमा प्रेस सल्लाहकारको आपत्ति


प्रशासन संवाददाता

२१ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले काठमाडौँ प्रेस डटकमको एक समाचार हटाइएको भन्ने विषयमा आफूलाई जोडेर नेपाल पत्रकार महासङ्घले विज्ञप्ति जारी गरेकामा आपत्ति जनाएका छन् ।

सल्लाहकार थापाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिदसम्बन्धी रद्द भइसकेको विषयमा स्पष्ट जवाफदेहिता बहन गर्ने निकाय र अधिकारीहरू संलग्न नै भएको हुँदा प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारहरू वा सरोकार नै नभएका व्यक्तिलाई जबर्जस्ती र तथ्यहीन ढङ्गले तान्ने र बदनाम गर्ने षड्यन्त्र, उपक्रम र रवैया खेदजनक भएको पनि जनाएका छन् ।

महासङ्घका महासचिव रमेश विष्टले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै थापाले उक्त विज्ञप्ति सरासर झुट, बेइमानीपूर्ण र तथ्यहीन रहेको स्पष्ट पारे । प्रधानमन्त्रीको सचिवालय वा सरकारलाई दोष लगाउने गरी गर्न खोजिएको प्रोपोगण्डालाई खारेज गर्नुपर्ने उनको भनाइ छ ।

‘षड्यन्त्रमा को संलग्न छन् ? यो सब किन गरिएको छ ? क–कसले यसमा लगानी गरेका छन् ? क–कसको शुरूदेखि अन्तिमसम्म नै सक्रियता र दौडधुप छ ? यो कुनै लुकेको कुरा छैन र हामी राम्रो जानकारी राख्छौँ’, थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसमा प्रधानमन्त्रीको सचिवालयका हामी र असम्बन्धित सन्तानहरूसमेतलाई तानेर दुष्प्रचार गर्नुको नियत बुझिएकै छ, हामीलाई षड्यन्त्रकारीजस्तै यस्ता हर्कतको पछाडि लाग्ने कुनै फुर्सद छैन, बरू आफ्ना नियमित र परिभाषित कार्यमा व्यस्त रहेको पनि स्पष्ट गर्न चाहन्छौँ ।’

महासङ्घले उक्त समाचार हटाउन राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले दबाब दिएको भन्नेमा कुनै सत्यता नभएको, बरू त्यो अत्यन्त हाँस्यास्पद र गैरजिम्मेवार भएको उल्लेख गरे । पत्रकारको छाता संस्थाको गुटगत र निहीत स्वार्थमा नाङ्गो दुरूपयोग भएको थापाको तर्क छ ।

‘काठमाडौँ प्रेसका प्रधान सम्पादक कसमस विश्वकर्मासँग टेलिफोनमा कुरा गरेको थिएँ र समाचारमा उपप्रधानमन्त्री र मुख्य सल्लाहकार अथवा जोसुकैका बारेमा लेख्न पनि तथ्य र प्रमाण नै चाहिन्छ’, थापाको विज्ञप्तिमा भनिएको छ, ‘अझ राज्य सञ्चालनसँग कुनै सरोकार र मतलब नभएका तथा स्वास्थ्य उपकरण खरिदसँग केही चासो र जानकारीसमेत नभएका उहाँहरूका छोराहरूलाई जोडेर सम्प्रेषित समाचारको परपीडनकारी उद्देश्यबारे चासो अवश्य राखेको थिएँ, मैले समाचार हटाउनेबारे कुनै कुरासम्म कहिल्यै गरेको नै थिइनँ, बरू यस षड्यन्त्रमा संलग्न व्यक्तिहरू, तिनको उद्देश्य र विषयवस्तुबारे कुराकानी भएको हो ।’

भोलिपल्ट समाचार हेर्दा हटेको देखेपछि आफूले नै किन क्षमायाचनाको सार्वजनिक सूचना नगरी हटाउनुभयो भन्ने जिज्ञासामा विश्वकर्माले कसरी हट्यो बुझ्दैछु भन्नुभएका थापाले उल्लेख गरेका छन् ।

‘श्रव्य वा दृश्य, मौखिक वा लिखित र टेलिफोन कुन माध्यमबाट कसलाई दबाब दियौँ ? यसको प्रमाण प्रस्तुत गरौँ । अन्यथा छायाँयुद्धको तथाकथित मोर्चा सिर्जना गर्ने दाउपेच, षड्यन्त्र र भ्रमको खेतीमा नलाग्न समयमै सचेत गराउन चाहन्छौँ’, थापाले भनेका छन् ।

पत्रकार महासङ्घ अहिले त्यहाँ कार्यरत पदाधिकारीहरूको मात्र सङ्गठन नभएको उल्लेख गर्दै थापाको अपिलमा भनिएको छ, ‘त्यसमा हाम्रो रगत, पसिना र उर्बर युवावय समय लगानी भएको छ, आज त्यसको नेतृत्वमा रहेका कोही व्यक्तिभन्दा हामीले स्वतन्त्रताको सङ्घर्षमा कम योगदान गरेका छैनौँ, कसैले हामीलाई स्वतन्त्रताको शिक्षा दिने धृष्टता पनि गरिरहनु आवश्यक छैन’

थापाले भन्छन्,’कार्यकाल सकिएर महाधिवेशनको सम्मुखमा उभिएको यस सङ्गठनको लेटरप्याड र संस्थागत हैसियत दुरूपयोग गरी आफ्ना आकाङ्क्षाहरूको तुष्टिकरणमा नलाग्न संलग्न व्यक्तिलाई समयमै सचेत हुन र अविलम्ब माफी माग्न म आग्रह गर्दछु ।’

‘काठमाडौं प्रेस डट कम र त्यसको कुनै समाचार हटाइएको भन्ने कथित प्रकरणमा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टको नाममा आज जारी विज्ञप्तिप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ’, सूर्य थापाले लेखेका छन्, ‘यसमा सम्मानीय प्रधानमन्त्रीज्यूको सचिवालय वा सरकारलाई दोष लगाउनेगरी गर्न खोजिएको प्रोपोगण्डालाई हामी खारेज गर्दछौं। यो वक्तव्य सरासर झूठ, बेइमानीपूर्ण र तथ्यहीन रहेको स्पष्ट छ। र, यसबारेमा निम्न तथ्य थप प्रष्ट गर्दछौं।’

हेर्नुस पूर्णपाठ 

काठमाडाैं प्रेस डट कम र त्यसकाे कुनै समाचार हटाइएकाे भन्ने कथित प्रकरणमा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टकाे नाममा आज जारी विज्ञप्तिप्रति हाम्राे गंभीर ध्यानाकर्षण भएकाे छ । यसमा सम्मानीय प्रधानमन्त्रीज्यूकाे सचिवालय वा सरकारलाई दाेष लगाउनेगरी गर्न खाेजिएकाे प्राेपाेगण्डालाई हामी खारेज गर्दछाैं । याे वक्तव्य सरासर झूठ, बेइमानीपूर्ण र तथ्यहीन रहेकाे स्पष्ट छ । र, यसबारेमा निम्न तथ्य थप प्रष्ट गर्दछाैं :

१. स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिदसम्बन्धी रद्द भइसकेकाे विषयमा जे निर्णय भएकाे थियाे वा छ, त्यसकाे स्पष्ट जवाफदेहिता बहन गर्ने निकाय र अधिकारीहरू संलग्न नै छन् । त्यसमा सम्माननीय प्रधानमन्त्रीज्यूकाे सचिवालय र सल्लाहकारहरू वा उहाँहरूका सराेकार नै नभएका छाेराहरूलाई जबर्जस्ती र तथ्यहीन ढंगले तान्ने र बदनाम गर्ने षड्यन्त्रपूर्ण चालबाजी, उपक्रम र रवैया खेदजनक छ । यसकाे जति भर्त्सना गरे पनि कम हुन्छ । यस षडयन्त्रमा काे संलग्न छज् ? याे सब किन गरिएकाे छ ? ककसले यसमा लगानी गरेका छन् ? ककसकाे शुरूदेखि अन्तिमसम्म नै सक्रियता र दाैडधुप छ ? याे कुनै लुकेकाे कुरा छैन र हामी राम्राे जानकारी राख्दछाैं । यसमा प्रधानमन्त्रीकाे सचिवालयका हामी र असम्बन्धित सन्तानहरू समेतलाई तानेर दुष्प्रचार गर्नुकाे नियत बुझिएकै छ । हामीलाई षडयन्त्रकारीहरूजस्तै यस्ता हरकतहरूकाे पछाडि लाग्ने कुनै फुर्सद छैन । बरू अाफ्ना नियमित र परिभाषित कार्यमा व्यस्त रहेकाे पनि स्पष्ट गर्न चाहन्छाैं ।

२.पत्रकार महासंघले उक्त समाचार हटाउन राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले दबाब दिएकाे भनेर वक्तव्यमा जसरी भनेकाे छ, त्यसमा कुनै सत्यता छैन, बरू अत्यन्त हास्यास्पद र गैरजिम्मेवार छ । याे छाता संस्थाकाे गुटगत र निहीत स्वार्थमा नांगाे दुरूपयाेग मात्रै हाे ।

३. मैले काठमाडाै प्रेसका प्रधानसम्पादक कसमस विश्वकर्माजीसँग टेलिफाेनमा कुरा गरेकाे थिएँ र समाचारमा उपप्रधानमन्त्री र मुख्य सल्लाहकार अथवा जाेसुकैका बारेमा लेख्न पनि तथ्य र प्रमाण नै चाहिन्छ, अझ राज्य संचालनसँग कुनै सराेकार र मतलब नभएका तथा स्वास्थ्य उपकरण खरिदसँग केही चासाे र जानकारीसमेत नभएका उहाँहरूका छाेराहरूलाई जाेडेर संप्रेषित समाचारकाे परपीडनकारी उद्देश्यबारे चासाे अवश्य राखेकाे थिएँ। मैले समाचार हटाउनेबारे कुनै कुरासम्म कहिल्यै गरेकाे नै थिइनँ । बरू यस षड्यन्त्रका संलग्न व्यक्तिहरू, तिनकाे उद्देश्य र विषयवस्तुबारे कुराकानी भएकाे हाे । भाेलिपल्ट समाचार हेर्दा हटेकाे देखेपछि कसमसजीलाई नै किन क्षमायाचनाकाे सार्वजनिक सूचना नगरी हटाउनुभयाे भन्ने जिज्ञासा मैले नै राखेकाे थिएँ । उहाँले कसरी हट्याे बुझ्दैछु भन्नुभएकाे थियाे । मुख्य सल्लाहकारज्यूकाे त कसैसँग यसबारेमा टेलिफाेन संवादसम्म भएकाे छैन।

४. अनि हामीले कसरी श्रव्य वा दृश्य, माैखिक वा लिखित र टेलिफाेन कुन माध्यमबाट कसलाई दबाब दियाैं ? यसकाे प्रमाण प्रस्तुत गर्न, अन्यथा छायाँयुद्दकाे तथाकथित माेर्चा सिर्जना गर्ने दाउपेच, षड्यन्त्र र भ्रमकाे खेतीमा नलाग्न समयमै सचेत गराउनदचाहन्छाैं।

५.पत्रकार महासंघ अहिले त्यहाँ कार्यरत पदाधिकारीहरूकाे मात्र संगठन हाेइन। त्यसमा हाम्राे रगत, पसिना र उरवर युवावय समय लगानी भएकाे छ। अाज त्यसकाे नेतृत्वमा रहेकाे काेही व्यक्तिभन्दा हामीले स्वतन्त्रताकाे संघर्षमा कम याेगदान गरेका छैनाैं । र, कसैले हामीलाई स्वतन्त्रताको शिक्षा दिने धृष्टता पनि गरिरहनु अावश्यक छैन । सबैका खुट्टी र हैसियत देखेरै हामी यहाँ क्रियाशील छाैं । खासमा याे सबै सदस्यहरूकाे संगठन हाे । र, कार्यकाल सकिएर महाधिवेशनकाे सम्मुखमा उभिएकाे यस संगठनकाे लेटरप्याड र संस्थागत हैसियत दुरूपयाेग गरी अाफ्ना अाकांक्षाहरूकाे तुष्टिकरणमा नलाग्न संलग्न व्यक्तिहरूलाई समयमै सचेत हुन र अविलम्ब माफी माग्न ध्यानाकर्षण गर्दछाैं ।

६. अहिलेकाे स्वतन्त्रता, संविधान र राज्य संरचना हामी स्वयंले पनि संघर्ष गरेर स्थापित गरेकाे तथ्य सम्बद्ध सबैकाे जानकारीका लागि विनम्रतापूर्वक राख्न चाहन्छाैं । हामी अरूले स्थापना गरिदिएकाे राज्य प्रणालीका उपभाेक्ता भएजस्ताे व्यवहार गर्ने र हावामा मुक्का चलाएर हिड्ने धृष्टता कसैबाट पनि नगरियाेस् । हामी तथ्यकाे अाधारमा सत्यकाे पक्षमा निरन्तर लडाई गरेर नै समाजलाई स्वच्छ, पारदर्शी, अझ लाेकतान्त्रिक, न्यायपूर्ण र समानतामा अाधारित बनाउन राजनीतिमा सक्रिय नैदछाैं । जाेकसैका अनुचित अाराेप, दुष्प्रचार र षडयन्त्रकाे विधिसम्मत मुकाबिला गर्न हामी सक्षम पनि छाैं । कुनै गलत र षडयन्त्रपूर्ण ताैरतरिका वा बलप्रयाेगप्रति हाम्राे कहिल्यै पनि विश्वास रहेन र छैन । त्यस्ताे तरिकाले सम्माननीय प्रधानमन्त्रीज्यूलाई कमजाेर बनाउन सकिन्छ कि भन्ने कसैलाई लागेकाे छ र त्यही दुर्नियतका साथ याे सबै गरेर हामीलाई अनावश्यक विवादमा तान्ने वा अाफ्नाे करियर बनाउन तल्लीन राजनीति वा यस्ता कुनै सार्वजिक जिम्मेवारीसँग हाल शतप्रतिशत नै सराेकार नराख्ने छाेराहरूलाई मुछ्ने षड्यन्त्रमा मतियार नबन्न सबैलाई अनुराेध गर्दछाैं ।

७. राजनीतिमा सक्रिय सबैका सन्तानहरू बिग्रेका छन् र बाबुअामाकाे हैसियत दुरूपयाेग गर्न लागिपरेका छन् भन्ने गलत बुझाइका साथ रचिने हरेक षड्यन्त्रहरूको पर्दाफास गरिनु र नांगेझार हुनु अनिवार्य छ ।

Tags :
प्रतिक्रिया दिनुहोस