मेडिकल सामग्री खरिदको जिम्मा सेनालाई दिने तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेडिकल सामग्री खरिदको जिम्मा सेनालाई दिने तयारी


२० चैत्र २०७६, बिहिबार


काठमाडौँ  । स्वास्थ्य सेवा विभागले कोरोना भाइरस(कोभिड–१९) को उपचारका क्रममा प्रयोग हुने स्वास्थ्य सामाग्री खरिदका लागि आजै(बिहीबार) टेन्डर आह्वान गर्ने जनाएको भए पनि सो नगरेपछि नेपाली सेनालाई दिने तयारी भइरहेको बुझिएको छ ।

स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार ब्रिफिङका क्रममा ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग गरेको विवादास्पद खरिद सम्झौता रद्द गरेको घोषणा गर्दै विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले नेपाल आपूर्तिकर्ताहरूसँग बिहीबार कोटेसन माग्ने बताएका थिए ।

तर कोटेशनमार्फत जाँदा प्रक्रिया लम्बिन सक्ने र अनेकखाले इन्ट्रेस्ट ग्रुप सलबलाउन थाल्ने भएपछि सिधै गभरमेन्ट टु गभर्मेन्ट सम्झौता गरेर त्यसको मध्यस्थता नेपाली सेनामार्फत गराउने तयारीमा सरकार रहेको उच्च स्रोतले बतायो ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले जी टू जी(दुई देशको सरकार बिच) सहमति गरेर स्वास्थ्य सामाग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिने तयारीबारे छलफल भइरहेको छ स्रोतले भन्यो सम्भवतः आज निर्णय आउँछ होला । healt

प्रतिक्रिया दिनुहोस