कोरोना भाइरस : भारतमा मृत्यु हुनको संख्या ४५ पुग्यो, १ हजार ५ सय संक्रमित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोरोना भाइरस : भारतमा मृत्यु हुनको संख्या ४५ पुग्यो, १ हजार ५ सय संक्रमित


१९ चैत्र २०७६, बुधबार


काठमाडौं । कोरोना भाइरस(कोभिड १९) का कारण भारतमा मृत्यु हुनेको संख्या बुधबार दिउँसोसम्म ४५ पुगेको छ । वर्ल्डओमिटरको तथ्यांक अनुसार संक्रमितको संख्या १ हजार ५ सय ९० पुगेको छ ।

विश्वभर तिव्ररुपमा फैलिइरहेको कोरोना भाइरसल भारतमा पनि गम्भीर प्रभाव पारेको छ । मंगलबार सम्म मृत्यु हुनेको संख्या ३५ थियो भने आज एक दिनमै थप १० जनाको मृत्यु भएको छ ।

विश्वभर ४२ हजार बढीको मृत्यु भइसकेको छ । कोभिड १९ बाट संक्रमित विश्वभर ८ लाख ५९ हजार ८ सय २५ पुगेको छ ।

नेपालमा ५ जनामा संक्रमणको पुष्टि भएकोमा एक जना उपचारपछि घर फर्किसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस