रुँदै भनिन्,- ‘घर जान देऊ’ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

रुँदै भनिन्,- ‘घर जान देऊ’


१७ चैत्र २०७६, सोमबार


डोल्पा । ‘हामीले अपराध गरेका छैनौँ दुर्व्यवहार किन गर्ने हाम्रो कुरा किन सुन्दैनौ’ एक वृद्ध आमाले रुँदै भनिन् । शनिवार नेपालगन्जबाट डोल्पाको दुनै सदरमुकाम पुगेकी आमाले रुँदै यसो भनेकी हुन ।
दुनै सदरमुकामबाट ८६ कोष भन्दा टाढा पर्ने हालको शे–फोक्सुन्डो गाउँपालिका ५ की ५७ वर्षीय ङाचोक गुरुङले रुँदै भनिन् ‘एक्लै नबनाऊ घर जान देऊ । ’

सरकारले लकडाउनको बेलामा बाटैमा अलपत्र परेकी उनी सहित तीन जना अरुपनि छन् साथमा । त्यसका साथै डोल्पो बुद्ध गाँउपालिकाका १३ जनासँगै उनी दुनै पुगेकी हुन् ।

डोल्पोबुद्ध गाउँपालिकाले आफ्ना नागरिक गाउँपालिकाकै क्वारेन्टाइनमा राख्ने भनेर लगेपछि उनिको तीनजनाको टोलीलाई प्रहरीले दुनैमा बस्नुपर्ने भनेको थियो ।

सँगैका साथी सबै घर गए हामीलाई किन रोकियो भन्दै आत्तिएपछि सँगैकी एक अर्की महिलाले भेरीमा हामफाल्ने प्रयास गरेकी थिइन् । उनले नेपाली भाषा नबुझ्ने र एक्लो भएको अनुभव गरेपछि रुँदै भेरीमा मर्छु भन्दै दौडिएकी थिइन ।

प्रहरी र स्थानीयले उनलाई सम्झाएर फर्काए तर खान बस्न भने निकै दुःखका साथ व्यवस्थापन गरेको एक नागरिकले जानकारी दिए । उनी भन्छन् ‘भोटका सबै नागरिकले नेपाली बुझ्दैनन् र बोल्न पनि जान्दैनन् एक्लो भएको र हेपिएको महसुस गरेर रुवाबासी गरेका हुन् ।’

पिठ्यूमा गहुँ भारी बोकर बलिन्धारा आँसु खसाल्दै हामीलाई हेला गरियो किन रोकेको हामी रोगी छैनौँ घर जान देऊ भन्दै बिन्ती चढाउँदै थिइन् ङाचोक गूरुङ ।

उनलाई प्रशासनले दुनैमा नै क्वारेन्टाइनमा बस्नुपर्छ भनेपछि भाषा नबुझेर रोएका थिए । उनीहरू भन्छन् हामीलाई कुनै रोग छैन काठमाडौँमा छोराछोरी भेटेर आएका हौँ सबै घर गए हामीलाई पनि घर जान देऊ जेलमा बस्दैनौँ हामी ।

माथिल्लो डोल्पाका नागरिकले क्वारेन्टाइनलाई जेल भनेर बुझेपछि उनीहरू क्वारेन्टाइमा बस्न नमानेका हुन । दुनैबाट उनको घर पुग्न एक साता पुरै लाग्ने गर्दछ । लेकमा हिउँ छ उमेरले सहजै हिँड्न सक्ने अवस्था छैन तर पनि उनीहरू घर जाने शक्ति भएको बताउँछन् ।

हामी दुनैमा बस्दैनौँ घरमा गएर स्थानीय सरकारले जता बस भने उतै बस्छु यहाँ हामीलाई हेला गरिन्छ हामी भाषा वुझदैनौँ उनीहरूको माग छ ‘हामी घर जान पाउँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस