स्याङ्जामा ३९८ जना क्वारेन्टाइनमा, एक घर फिर्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

स्याङ्जामा ३९८ जना क्वारेन्टाइनमा, एक घर फिर्ता


प्रशासन संवाददाता

१६ चैत्र २०७६, आइतबार


स्याङ्जा । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न क्वारेन्टाइनमा राखिएकाको संख्या शनिबारसम्म स्याङ्जामा करीब चार सय पुगेको छ । क्वारेन्टाइनमा बस्दै आएका एक जना भने घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाका ११ वटै पालिकामा विभिन्न स्थानमा निर्माण गरिएका होम क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा बस्नेको संख्या ३९८ पुगेको हो । तीमध्ये २७ जना क्वारेन्टाइनमा छन् भने एक जना सेल्फ क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

क्वारेन्टाइनमा बस्नेको संख्या दैनिक रुपमा बढ्दै गएको र विदेशबाट आउनेको गाउँगाउँमा पुगेर खोज्ने कार्य चलिरहेकाले उपरीक्षक भण्डारीले जानकारी दिए ।
यसैबीच लकडाउनको अवज्ञा गरेर सवारी साधन चलाउने तीन कार र तीन मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही गरिएको जानकारी दिँदै भण्डारीले लकडाउनको पूर्णपालना गरेर सहयोग गर्न सबैमा आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस