टेकु अस्पतालमा कोरोना उपचारका लागि ४४ स्वास्थ्यकर्मीको माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टेकु अस्पतालमा कोरोना उपचारका लागि ४४ स्वास्थ्यकर्मीको माग


९ चैत्र २०७६, आइतबार


काठमाडौँ ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न ४४ स्वास्थ्यकर्मी माग गरेको छ ।

देशकै एकमात्र सरुवा रोग अस्पतालले तीन महिनाका लागि कर्मचारी माग गरको हो ।

माग गरिएका जनशक्तिमा कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्स छन् ।

अस्पतालले आइतबार एक सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई पाँच दिनभित्र आवेदन बुझाउन आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस