छिमेकीको खुकुरी प्रहारबाट शक्त घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

छिमेकीको खुकुरी प्रहारबाट शक्त घाइते


२७ माघ २०७६, सोमबार


अर्घाखाँची । अर्घाखाँचीमा छिमेकीको खुकुरी प्रहारबाट एकजना शक्त घाइते भएका छन् । सन्धिखर्क नगरपालिका वार्ड–३ छाँपडाडाका टान बहादुर थापा आइतबार साँझ छिमेकीको खुकुरी प्रहारबाट घाइते भएका हुन्।

प्रहरीका अनुसार थापालाई छन्द बहादुर कुमाल (मुखियाँ) ले खुकुरीले टाउकोमा हानेर गम्भीर घाइते बनाएको हो ।

लेनदेनको विषयमा थापा र मुखियाँ बिच विवाद हुँदा छिमेकी मुखियाँले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

घाइतेलाई अर्घाखाँची अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि बुटवल रेफर गरिएको छ।

खुकुरी प्रहार गर्ने कुमाललाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस