विश्वकप लिग २ मा नेपालको पहिलो जित, अमेरिका ३५ रनले पराजित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विश्वकप लिग २ मा नेपालको पहिलो जित, अमेरिका ३५ रनले पराजित


२५ माघ २०७६, शनिबार


काठमाडौँ । नेपालले क्रिकेट विश्वकप लिग २ मा पहिलो विजय हात पारेको छ । घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय विजय हात पार्ने क्रममा नेपालले शनिबार अमेरिकालाई ३५ रनले पराजित गर्‍यो ।

१ सय ९१ रनको विजय लक्ष्य लिएर आएको अमेरिका ४४.१ ओभरमा १ सय ५५ रनमा अलआउट भयो। यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको नेपाल ओभरमा १ सय ९१ रनमा अलआउट भएको थियो।

७५ रन बनाएका इयान हल्यान्डले अमेरिकालाई विजय दिलाउन सकेनन्। उनले १ सय ११ बलको इनिङ्समा ७ चौका प्रहार गरे। ६५ रन बनाउँदा ७ विकेट गुमाएको अमेरिकाबाट क्यामरन स्टेभनसनले १९ रन बनाए।

नेपालबाट करण केसीले ४, सुसन भारीले ३, सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिए।

Tags :
प्रतिक्रिया दिनुहोस