कोरोना भाइरस : पिताबाट अलग्गै राखिएका अपाङ्ग किशोरको मृत्यु, दुई अधिकारी पदमुक्त « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

कोरोना भाइरस : पिताबाट अलग्गै राखिएका अपाङ्ग किशोरको मृत्यु, दुई अधिकारी पदमुक्त


२१ माघ २०७६, मंगलबार


काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमणको आशंकामा पिताबाट अलग्गै राखिएका एक १६ वर्षीय किशोरको मृत्यु भएको छ । पिता र भाइबाट अलग्गै राखिएका यान चेङलाई बुधबार मृत फेला पारिएको हो ।

किशोरको मृत्युपछि दुई अधिकारीहरुलाई पदमुक्त गरिएको छ । पदमुक्त हुनेमा चिनियाँ कम्युनिष्ट पार्टीका स्थानीय सचिव र हुएच्याहका नगरप्रमुख छन् ।

मृतक किशोरको पिताबाट अलग राखिएपछि स्याहार गर्ने कोही थिएन । उनलाई पक्षघात भएको थियो । उनका पिताका अनुसार चेङलाई खाना र पानी नदिएर एक्लै छोडिएको बताएका छन् ।

हाल चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या द्ध सय २५ पुगेको छ भने २० हजार जनामा संक्रमण भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले यो भाइरसको संक्रमण अझै बढ्ने बताएको छ ।

सम्बन्धित समाचार : 

चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ सय २५ पुग्यो

बेइजिङले सातदिनमै निर्माण गर्‍यो मास्क उद्योग

 

 

Tags :
प्रतिक्रिया दिनुहोस