बंगलादेशी नागरिकको हत्या आरोपी पक्राउ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

बंगलादेशी नागरिकको हत्या आरोपी पक्राउ


१६ माघ २०७६, बिहिबार


पक्राउ

काठमाडौं । बंगलादेशी नागरिक अहमद मोहिउद्दीन अहमदको हत्या आरोपी पक्राउ परेका छन् ।

अहमदको हत्या गरी फरार रहेका दुला मियालाई नेपाल–भारत सीमा क्षेत्र काँकडभिट्टाबाट नेपाल प्रहरीले पक्राउ गरेको हो । उनलाई गएराति नै काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न उनको पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरिने जनाइएको छ ।

बंगलादेशी नागरिक अहमद साथी मियासँगै माघ ६ मा नेपाल आएका थिए । उनीहरु द्ुबैजना सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठा बुक गरेर बसेका थिए ।

साथी अहमदको हत्या गरी मिया फरार थिए । अनुसन्धान पछि प्रहरीले उनलाई पक्राउ गर्न सफा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस