उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा


६ माघ २०७६, सोमबार


काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएकी हुन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठक बस्नु अघि संसदलाई सम्बोधन गर्दै सबैलाई धन्यवाद व्यक्त गरेकी छन् । सम्बोधनका क्रममा उनले कसैले पनि आफ्नो धरातल बिर्सन नहुने बताइन् ।

उनले उपसभामुखको राजीनामा गर्न आफूले लिएको अडान अस्वभाविक महत्वकांक्षाबाट प्रेरित नभएको दाबी गरिन् । ‘मेरो अडानको समयले वस्तुनिष्ठ मूल्यांकन गर्ने छ,’ उनले भनिन् । प्रतिनिधिसभाको अर्को बैठक सोमबार नै ४ बजे बस्ने भएको छ।

दिउँसो ४ बजे बस्ने बैठकमार्फत् नयाँ सभामुख चयन प्रक्रिया सुरु हुने भएको छ। सभामुख निर्वाचनको कार्यतालिका बैठकमार्फत् सार्वजनिक गरिनेछ ।

नेकपा सचिवालय बैठकले सभामुखका लागि अग्नि सापकोटालाई अघि सार्ने निर्णय गरिसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस