दुई वडा कार्यालयमा आगजनी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुई वडा कार्यालयमा आगजनी


१४ पुस २०७६, सोमबार


आगलागी

काठमाडौँ । गए राति दुई वटा वडा कार्यालयमा आगलागी भएको छ । पूर्वीनवलपरासीको कावासोती नगरपालिका–१४ को वडा कार्यालयमा र कपिलवस्तुको यशोधरा गाउँपालिका–३ को वडा कार्यालयमा आगजनी भएको हो ।

आगजनीबाट कावासोती नगरपालिका–१४ को वडा कार्यालयका फर्निचरलगायतका समामाग्री जलेको र कपिलवस्तुको यशोधरा गाउँपालिका–३ को वडा कार्यालय आगजनीबाट पूर्णरुपमा जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

घटनाको प्रहरीले अनुसन्धान गरीरहेको र आगजनीको कारण भने खुल्न नसको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस