चिनियाँ राजदूतको फलोअर्स बढाउने काइदा रिट्‍वीट, कमेन्ट गर्नेलाई निशुल्क टिकट ! « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चिनियाँ राजदूतको फलोअर्स बढाउने काइदा रिट्‍वीट, कमेन्ट गर्नेलाई निशुल्क टिकट !


८ पुस २०७६, मंगलबार


काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो ट्वीटलाई रिट्वीट र कमेन्ट गरे चिनियाँ चलचित्र महोत्सवको टिकट पाइने बताएकी छिन् ।

राजदूत होउले मंगलबार बिहान चिनियाँ चलचित्र महोत्सवको पोस्टरसहित ट्वीट गर्दै भनेकी छिन् मलाई फलो गर्नुहोस्, यो पोस्ट रिट्वीट गर्नुहोस्, एकजना साथीलाई ट्याग गरी कमेन्ट गर्नुहोस्’

जसमा उनले उक्त ट्वीटलाई रिट्वीट गर्ने, कमेन्ट गर्ने मध्येबाट ५ जनालाई चिनियाँ चलचित्र महोत्सवको २–२ वटा टिकट दिने घोषणा गरेकी छन् ।

यसका लागि उनले २६ डिसेम्बर राति १२ बजेसम्मको समय दिएकी छिन् ।

धेरै लाइकका आधारमा टप ५ जनालाई २–२ वटा चलचित्र महोत्सव उद्घाटन समारोहको टिकट दिने घोषणा होउले गरेकी छिन् । नेपालीमाझ निकै घुलमिल हुन रुचाउने होउले ट्वीटरमा नेपाली फलोअर्स बढाउने रमाइलो काइदा रचेकी छन्। हालसम्म उनको ट्वीटरमा साँढे ९ हजारबढी पलोअर्स छन्।

२७ डिसेम्बरमा काठमाडौंबाट सुरु हुने चिनियाँ चलचित्र महोत्सव काठमाडौं, पोखरा , लुम्बिनीमा गरी ८ जनवरीसम्म चल्नेछ।

ट्वीटरमा @PRCAmbNepal ह्याण्डलबाट समयसामयिक विषयमा अपडेट गरिरहेकी राजदूत यान्छीले आफ्ना फलोअर्स बढाउने नयाँ काइदा थालेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस