६५० बढी रिक्त अधिकृत पद पदपुर्तिका लागि लोक सेवा पठाईँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

६५० बढी रिक्त अधिकृत पद पदपुर्तिका लागि लोक सेवा पठाईँदै


२४ मंसिर २०७६, मंगलबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित तृतीय श्रेणी(अप्राविधिक) रिक्त पदमा पदपुर्तिको माग गर्दै लोक सेवामा पठाउँदै छ ।

सामान्य प्रशासन विशेष स्रोतका अनुशार मंगलबार(आज) विभिन्न सेवा समूहका छ सय ५० बढी अधिकृत पदको विज्ञापनका लागि आयोगमा पठाउन लागेको हो ।

आयोगको आफ्नो वार्षिक कार्य तालिका अनुशार राजपत्रांकित तृतीय श्रेणीको अधिकृत तर्फ भोली बुधबार विज्ञापन गर्ने कार्यक्रम रहेको छ ।

सामान्य प्रशासन मन्त्रालयले प्रशासन, लेखा, राजश्व, लेखा परीक्षण र परराष्ट्रको रिक्त दरवन्दी पठाउँदै छ ।

नियमित प्रशासनिक प्रक्रियाअनुशार मन्त्रालयले माग पठाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस