मालपोतका नासु र कार्यालय सहयोगी ४० हजार घुससहित पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मालपोतका नासु र कार्यालय सहयोगी ४० हजार घुससहित पक्राउ


१८ मंसिर २०७६, बुधबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा(नासु) र कार्यालय सहयोगीलाई घुससहित पक्राउ गरेको छ ।

आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नासु नारायण मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतमलाई ४० हजार घुससहित पक्राउ गरेको हो ।

नासु मिश्रले मोही लागत कट्टा गर्ने प्रयोजनका लागि कार्यालय सहयोगी गौतममार्फत रकम घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट दुबैलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस