बलात्कार आरोप लागेका विद्यार्थी नेता पुर्पक्षका लागि थुनामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बलात्कार आरोप लागेका विद्यार्थी नेता पुर्पक्षका लागि थुनामा


६ मंसिर २०७६, शुक्रबार


काठमाडौं ।  बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले राईलाई तत्काल प्राप्त प्रमाणको आधारमा थुनामा पठाउने आदेश गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालयले राईलाई बलात्कार गरेको अभियोगमा भन्दै सात देखि १० वर्गसम्म कैद सजाय माग गरेको थियो। उक्त मुद्दामा राईको बयान र थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले उनलाई थुनामा पठाएको हो।

राईले कार्तिकमा एक युवतीलाई भैली खेल्न जाने भन्दै बोलाएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको थियो।

काठमाडौंको माकलबारीमा आफन्तको घरमा लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी परेको थियो। आफ्नै साथीको बहिनीलाई भैलो खेल्न बोलाएर राइले बलात्कार गरेको आरोप लागेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस