विद्यालय तहको पाठ्यक्रम परिवर्तन हुँदै, आगामी शैक्षिकशत्रदेखि लागू गरिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विद्यालय तहको पाठ्यक्रम परिवर्तन हुँदै, आगामी शैक्षिकशत्रदेखि लागू गरिने


३ मंसिर २०७६, मंगलबार


काठमाडौं । विद्यालयतहको पाठ्यक्रम परिवर्तन हुने भएको छ । आगामी शैक्षिकशत्रदेखि विद्यालय तहमा नयाँ पाठ्यक्रम अध्यापन गरिने गरी पाठ्यक्रम परिवर्तन गरिने भएको हो ।

शैक्षिकशत्र २०७७ देखि कक्षा १ र कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने छ । भने कक्षा ६ मा नयाँ पाठ्यक्रम परीक्षणका रुपमा लागू गरिने भएको छ । कक्षा ४ देखि १० सम्म विज्ञान तथा प्रविधि विषय अध्यापन गरिनेछ । अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा प्रविधि थप गरेर विज्ञान तथा प्रविधि बनाइएको छ ।

पाठ्यक्रम विकास केन्द्रका अनुसार नयाँ पाठ्यक्रम संरचनामा पूर्णाङ्कको व्यवस्था पनि हटाइएको छ । सबै तहका विद्यार्थीको मूल्याङ्कन अक्षराङ्क पद्धतिमा गरिनेछ । क्रेडिट आवरको व्यवस्था गरिएको छ । कक्षा ११ र १२ मा हप्तामा २७ घण्टा क्रेडिट आवर बनाईएको छ भने तल्लो तहमा साप्ताहिक ३२ घण्टा बनाइएको छ ।

कक्षा १ देखि ३ सम्म नेपाली, अङ्ग्रेजी, गणित र मेरो सेरोफेरो विषयलाई एकीकृत पाठ्यक्रम बनाइएको छ ।

कक्षा ४ देखि ८ सम्म मानव मूल्य शिक्षा विषय थप गरिएको छ । नैतिक शिक्षालाई मानव मूल्य शिक्षा बनाइएको हो ।

कक्षा ६ देखि ८ सम्म ध्यापन हुँदै आएको पेसा, व्यवसाय र प्रविधि विषयलाई राट्रिय पाठ्यक्रमबाट हटाएर स्थानीय पाठ्यक्रममा समावेश गरिएको छ ।

कक्षा ९– १० मा अध्यापन भइरहेको अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषय हटाइएको छ । स्वास्थ्य, जनसङ्ख्या र वातावरणलाई छुट्टै ऐच्छिक विषयका रुपमा समावेश गरिएको छ । विद्यार्थीले यि विषय पढ्न ऐच्छिक विषयकारुपमा राज्न सक्नेछन् । कक्षा ९ र १० मा आठ ओटा विषय अध्यापन हुँदै आएकोमा अबदेखि ७ वटा विषयमा सिमित गरिएको छ ।

कक्षा ११ र १२ मा अनिवार्य नेपाली थप गरिएको छ । हालसम्म ११ मा वा १२ मा मात्रै अनिवार्य नेपाली पढ्नु पर्थ्यो ।

कक्षा १२ मा जीवनोपयोगी शिक्षाा समावेश गरिएको छ । कक्षा ११ र १२ को विषय समूहको प्रावधान पनि हटाइएको छ । अब एकल पथीय पाठ्यक्रम लागू हुने छ ।

नयाँ पाठ्यक्रम अनुसार कक्षा १०, ११ र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्नेछ ।

२०८० सम्म सबै तहमा नयाँ पाठ्यक्रम लागू भइसक्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस