सरकारले तोक्यो कफीको मूल्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारले तोक्यो कफीको मूल्य


१ मंसिर २०७६, आइतबार


काठमाडौं । सरकारले काँचो कफीको न्यूनतम मूल्य तोकेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस अघिको मूल्यमा परिमार्जन गर्दै काँचो कफीको मूल्य तोकेको हो ।

सरकारले १५ औँ राष्ट्रिय दिवसको अवसरमा फ्रेस चेरी, पाचर्चमेन्ट र ड्राइ चेरी कफीको मूल्य तोकेको हो ।

बोर्डका अनुसार फ्रेस चेरी ग्रेड ‘ए’ को मूल्य प्रतिकेजी ८५ रुपैयाँ, फ्रेस चेरी ग्रेड ‘बी’ को मूल्य प्रतिकेजी ७५ रुपैयाँ पुर्‍याइएको छ । यस्तै पाचर्चमेनट कफी ग्रेड ‘ए’ को मूल्य प्रतिकेजी ४२५ ग्रेड ‘बी’ को मूल्य प्रतिकेजी ३७५ रुपैयाँ कायम गरिएको छ । ड्राइ चेरी ग्रेड ‘ए’ को मूल्य प्रतिकेजी १४० र ग्रेड ‘बी’को मूल्य ९० कायम भएको छ ।

बोर्डले हरेक वर्ष कफीको न्यूनतम मूल्य तोक्दै आएकोमा तोकिएको न्यूनतम मूल्य अनुसार नै कारोबार गर्न आग्रह गरेको छ । तोकिएको मूल्यविपरित कसैले कारोबार गरेको पाइएमा बोर्डमा सम्पर्क गर्न समेत चिया तथा कफी विकास बोर्डले सूचीत गरेको छ ।

प्रतिक्रिया दिनुहोस