निजामती कर्मचारीको उमेर हद ६० वर्ष बनाउने राज्य व्यवस्थाको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निजामती कर्मचारीको उमेर हद ६० वर्ष बनाउने राज्य व्यवस्थाको निर्णय


२८ कार्तिक २०७६, बिहिबार


काठमाडौँ । निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थपेर ६० बनाइने भएको छ । सांसदको राज्य व्यवस्था समितिले कर्मचारीको अवकाश उमेर हद ५८ बाट ६० वर्ष बनाउने निर्णय गरेको हो ।

तर यो व्यवस्था हरेक वर्ष ६–६ महिना थपिनेछ र २०२१ सालदेखि मात्र पूर्ण रूपमा लागू हुने गरी कानुनी व्यवस्था गर्ने समितिको निर्णय छ

निजामती सेवा ऐनमा निजामती कर्मचारीको उमेर हद ५८ वर्ष रहेकोमा एउटै ढुकुटीबाट तलब भत्ता खाने सरकारी कर्मचारीहरूको सेवा अवधिको उमेर हद फरक–फरक भएको भन्दै एउटै बनाउने पटक पटक बहस तथा छलफल हुँदै आएको थियो ।

सङ्घीय निजामती सेवा विधेयकमा निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर ५८ तोकिएकोमा संसद्को राज्य व्यवस्था समितिको बैठक ६० वर्ष राख्ने निर्णय गरेसँगै सांसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने छ ।

लोक सेवा आयोगले सबै कर्मचारीहरूको अवकाशको उमेर हद ६० वर्ष कायम गर्न सरकारलाई सुझाव दिएको थियो । आयोगले सरकारलाई दिएको सुझावमा उमेर हद ६० वर्ष राख्नुपर्नाका विभिन्न चार वटा आधारहरूसहित राय पेस गरेको थियो । जसमा पछिल्ला दुई दशकमा नेपालीहरूको औसत आयु बढेकोले, छिटो अवकाश हुँदा पेन्सनको भार बढ्ने भएकाले, महिलाहरूको सेवा अवधि नपुग्ने भएकाले र सार्क देशका बंगलादेश९५९० बाहेक सबै देशका कर्मचारीको उमेर हद ६० रहेकोले समान बनाउन सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस